गाैरीगंजका ४ जनामा काेराेना संक्रमण भेटियाे, थप उपचारका लागि काेराेना अस्पताल पठाउन टुंगाे लागेन

May 31, 2020 मा प्रकाशित

20200528_210918
गाैरीगंज १८, जेठ / झापाकाे गारीगंज गाउँपालिकामा ४ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
कोशी अस्पताल विराटनगरको प्रयोगशालामा थ्राेट स्वावकाे परीक्षण गर्दा आईतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ घर भएका २३,३७र ३९ बर्षिय ३ जना पुरूष र वार्ड नं. ५ घर भएका १८ बर्षिय १ जना पुरूषमा काराेना पुष्टि भएकाे प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएकाे छ ।
भारतकाे गुजरात र मुम्बईबाट गाैरीगंज आईपुगेका उनीहरूकाे जेठ १५ गते पिपिसीअार टेष्ट लिई परिक्षणका लागि विराटनगर पठाईएकाे थियाे ।

Advertisement

संक्रमित ४ जनालाई गाैरीगंज गाउँपालिकाले स्थापना गरेकाे वार्ड नं. ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्रकाे क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई थप उपचारका लागि काेराेना अस्पताल पठाउन कुरा भईरहे पनि टुङ्गाे नलागिसकिएकाे जनाईएकाे छ । विराटनगर र धरानमा स्थापना भएकाे काेराेना अस्पतालमा संक्रमितहरूलाई उपचार गर्ने स्थानकाे अभावले त्यहाँकाे अस्पतालले उनीहरूलाई लिन नमानेकाे बुझिएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस