लायन्स क्लब अफ दमक गोल्डद्वारा व्हील चेयर प्रदान

June 16, 2020 मा प्रकाशित

photo1

Advertisement

गौरीगंज २, असार / मानव सेवा नै सबै भन्दा ठुलो धर्म हो भन्ने मान्यता बोकेर अघि बढिरहेको लायन्स क्लब अफ दमक गोल्डले फरक क्षमता भएका ( अपाङ्गता भएको) गौरीगंजका एक व्यक्तिलाई व्हील    चेयर प्रदान गरेको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने बर्ष ३६ का अपाङ्गता भएका रंजित थापालाई आज संस्थाले व्हील चेयर प्रदान गरेको हो ।
गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाको प्रमुख आतिथ्यतामा संस्थाले आयोजना गरेको एक औपचारिक कार्यक्रममा अपाङ्गता भएका थापालाई व्हील चेयर प्रदान गरिएको थियो ।
संस्थाका अध्यक्ष लायन काशी खातीको अध्यक्षतामा भएको वितरण कामर्यक्रममा प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहाल, संस्थाका प्रथम उपाध्यक्ष लायन रिङ्ग कुमार आर्चाय, अपाङ्ग संघ गौरीगंजका अध्यक्ष शेरमान बुढाथोकीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष खातीले संस्थाका सदस्यहरुको खाजा खाने पैसा कटाएर जम्मा भएको रकमले मानव सेवामा संस्थाले खर्च गर्ने गरेको बताए । विपन्न तथा गरिब परिवारलाई संस्थाले आर्थिक सहयोग गर्दे आएको जनाउदै संस्थाका अध्यक्ष खातीले अपाङ्गता भएका रंजित थापालाई सानो सहयोग गरेको बताए । गौरीगंज गाउँपालिकाको प्रागंणमा भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव लायन नवीन ताम्राकारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस