के हो सम्पत्ति सुद्धिकरण ? यसलाई कसरी रोक्ने ?

June 9, 2016 मा प्रकाशित
  इतिहासको पाना केलाउदा बेलायतको आधुनिक ब्यापारको शुरुवात गर्नेइष्ट इन्डिया कम्पनीले ‘कर्ष’ भन्ने संस्कृतको बजन नाप्ने युनिटको शव्दलाई क्यास (नगद) भनेर अंग्रेजीमा लिइएको ऐतिहासिक तथ्य पाइन्छ । अहिलेको एक्काईसौं शताब्दीसम्म आइपुग्दा नगदको कारोबार अनेक गैरकानुनीरुपमा प्रयोग हुन थालेको धेरै प्रमाणहरु छदैछ । त्यसकारण नगदको कारोबारलाई  नियन्त्रणको  गर्नकोलागि विभिन्न कदमहरुचाली कानुनको बिकासको शुरुवात हुनथाल्यो ।
बेलायतका बैंक, वित्तीय संस्था तथा पसलहरुमामनी लाउन्डरिङऐन २००७ अनुरुप नगद कारोबार गर्दा पालना गर्नुपर्न नियम बारे सूचना टाँसेको देख्न सकिन्छ । नगद कारोबारको लागि बनाइएको नियम कडाइका साथ लागु गर्न बेलायती सरकारलेधेरै कदम चालेको देख्न सकिन्छ ।
बेलायतको गृह मन्त्रालयले सन् २०१२ मा आपराधिक गिरोहले बाषिर्क २० देखि ४० अरब पाउण्ड नगद बनाएका र उक्त नगदले लागूऔषध, मानब तस्करी तथा अरु गैर कानुनीरुपले कार्य गरेको बताएको छ । यसरीगैरकानुनीरुपबाट नगदको कारोबारबाट अपराधतथा आतंककारी क्रियाकलाप बढ्नु, राजस्व चुहावट हुने आदि गतिविधिहरु हुन्छन् ।यस्तागैर कानुनीरुपमा नगदको कारोबारलाइ कमगर्न मनी लाउन्डरिङऐन लगायत अरु कानुन बेलायती सरकारले गरेको छ ।
मनी लाउन्डरिङ भनेको केहो ?
मनी लाउन्डरिङभनेको सामान्यरुपमा अपराधीहरूले खास पैसा या सम्पतिको स्वामित्वलाई ढाकछोप गरेर अपराधिक क्रियाकलाप गर्न उक्त पैसाको नियन्त्रण गर्ने र यस्तो कार्य कानुनीरुपमा नैभएको हो भन्ने देखाउने हो । यसलाई नेपालीमा सम्पत्ति सुद्दिकरण भनेर पनि बुझिन्छ । अपराधीहरूले यस्तो कार्य अनेक झुटको आडमा सत्यताजस्तो देखाउदै अरबौं डलर बैक तथा वित्ती संस्थाहरुलाई उपयोग गर्न सफल भइरहेका छन् । वित्तीय संस्थाहरुले अर्काको स्वामित्वमा रहेको पैसा तथा सम्पतिको व्यवस्थापन, नियन्त्रण र आˆनो साथ राख्ने हुदाँ दुरुपयोग हुने अधिक सम्भावना रहन्छ ।
कोहि व्यक्ति या संस्थाले कुनै अपराधीलाई आर्थिक सेवा मार्फत  अपराध बढाउने  कार्य गर्न सहयोग या उक्साहित गर्नु गैरकानुनी हो । अर्को अर्थमा मनी लाउन्डरिङलाई मुख्य अपराधिक क्रियाकलाप मान्नुको कारण अपराधबाट आर्जन गरिने नाफा झिक्नु हो ।
बेलायतमा हाल गरिने नगद कारोबारको कानुन
हरेक बैंक या वित्तीय संस्थाहरुले आफ्ना ग्राहकले ठुलो परिणाममा नगद झिक्दा या दाखिला गर्दा उक्त नगदले किन्ने कुराको बिबरण यायसको श्रोतको प्रमाण माग्न सक्छन । सम्पत्ति सुद्दिकरण (मनी लाउन्डरिङ) नियमले गर्दा ४/५  हजार पाउण्ड जति नगदको कारोबार आˆना  बैंक या वित्तीय संथाहरुमा भएमा शंकास्पद तबरले हेर्न सक्छन। बैंक या वित्तीय संथाहरुले आफ्नोमा भएको नगद आपराधिक क्रियाकलापको लागि हो कि भनेर चेक गर्नु दायित्व हो ।
हरेक  ब्यबसाय या ब्यक्तिले नब्बे दिन भित्रमा पन्ध्र हजार युरो भन्दा बढीको नगदको कारोबार गर्ने बेलायतको राजस्वकार्यलयमा मनी लाउन्डरिङकानुन अनुरुप निरिक्षणको लागि दर्ता हुनुपर्छ । यसरी एक या बढी कारोबारमा पन्ध्र हजार नगद गर्ने व्यवसायलाई सम्पत्ति सुद्दिकरण (मनि लन्डरिंग नियम २००७ अनुसार ‘हाइ भ्यालु डिलर’ भनेर बर्गिकरण गरिन्छ ।
बेलायती राजस्व कार्यलयले हाइ भ्यालु पेमेन्ट्स भनेर बर्गिकरणमा पर्ने व्यवसायको उदाहरणहरुमागाडी बेच्ने, सुन चादीको पसल, कला कृति बेच्ने दुकान, घर बनाउनको लागि सामान सप्लाई गर्ने ब्यबसाय आदि हुन् ।
बिना दर्ता नगदको कारोबार गर्न कानुनी रुपले नै मनाही छ ।  त्यस्तो कार्यको सम्बन्धित निकायले निगरानी, छापा या भ्रमण जुनसुकै बेला पनि  गरी आवश्यक कारवाही समेत गर्न सक्छ ।
त्यसैले हरेक ब्यबसाय तथा वित्तीय संस्थाहरुले मनी लाउन्डरिङनियमलाइ हरतबरले  पालना गर्नु या गराउनु पर्छ  । बैंक तथा वित्तीय संस्थाहरुको प्रतिष्ठा संग पनि जोडिएको छ ।
नगदको कारोबारले आर्थिक अपराध अन्य कारोबारको तरिकाले भन्दा बढी बनाउछ । त्यसैलेजति झमेला भएपनिधेर नगदको कारोबार गर्दामा त्यसको श्रोतबारे सोध्नु जरुरी हुन्छ । अन्यथाजरिवानाको भागीदार हुनुपर्ने हुन्छ। यसको ज्वलन्त उदारहण हंगकंगमा मुख्यालय भएको संसारको ठुलोमध्ये एक बैंक  एच यस बि सीलाइमेक्सिकोको लागूऔषध गिरोह लाई मनी लाउन्डरिङन गरिएको कुरामा अमेरिकी सरकारले सन् २०१२ मा एक अरब पच्चीस करोड पाउण्ड बराबरको क्षति तिराएको थियो ।
ग्राहकलाइ आफ्नो खातामा चालु गर्दामा अपराधिक क्रियाकलाप सँग सावधानी गराउदा कहिलेकाहीँ तनाब हुने र ग्राहकलाइ दिक्क लाग्ने पनि हुन सक्छ । राम्रो जानाकारी दिनालेर अपराधलाइ निरुत्साहित पार्नप्रायधेरै नागरिकले आˆनो कर्तव्य पनि ठान्छन् ।
मनी लाउन्डरिङका कानुनहरु 
युरोपियन देशहरुमा मनी लाउन्डरिङका (सम्पत्ति सुद्दिकरण) निदेशिकाको सुरु भएपछि बेलायतमा १ अप्रिल १९९४ मा यसको नियमावली लागु गरियो । बैक तथा वित्तीय संस्थाहरु चाहेर या नचाहेर खासमा बढी मनी लाउन्डरिङबाट जोखिम हुने ठानेर नियमहरुको शुरुवात गरियो । पहिलो कदम बैक तथा वित्तीय सँस्थाहरुले आˆनो ग्राहको परिचयपत्र अनिवार्य हेरी रेकर्ड राख्ने अनि यसमा काम गर्ने स्टाफहरुलाई मनी लाउन्डरिङको तालिम दिई शंकास्पद व्यक्ति या कम्पनीहरुको उजुरी गर्न दिन थालियो । वित्तीय संस्थामा मनी लाउन्डरिङ सम्बन्धिहेर्ने बिभाग गठन गर्ने काम भयो ।
कानुनहरु जस्तै आतंककारी ऐन (२०००), अपराध र सुरक्षा ऐन(२००१), प्रोसिड अफ क्याइम याक्ट (२००२), सिरियस क्राइम र पुलिस ऐन (२००५) मनी लाउन्डरिङ ऐन (२००७) ले बेलायतको आर्थिक क्षेत्रलाइ सुरक्षित राख्न बनाइएको हो ।
मनी लाउन्डरिङ कानुनअनुसार शंकास्पद क्रियाकलापको उजुरी नगरेमा पाँच बर्षसम्म कैद हुने कानुनी प्राबधान छ । मनी लाउन्डरिङ कानुन उलंघन गरेचौध बर्ष सम्म कैद हुने कानुन छ ।
यी नियमहरुले छुन्छ भने चाहे सानो दुकान होस कि बहुराष्ट्रिय कम्पनि, सबैलेगैह्र कानुनीरुपमा हुने नगदको कारोबार रोक्न आˆनो नियन्त्रण गर्ने बिधि राख्नुपर्ने हुन्छ । यी नियम पालना गर्दामा ठुलो संख्यामा नियम पालना गर्ने मानिसहरुलाई असुविधा हुन सक्छ । तर गैह्रकानुनी तथा अपराधिक क्रियाकलापलाई रोक्नु सबैभन्दा महत्वपूर्ण भएको कुराको जानाकारी ग्राहकहरुलाई दिन सकिन्छ ।
यूरोपेली देशहरुमा मनी लाउन्डरिङक सम्बन्धिकानुन 
युरोपियन नियमावलीले यस भित्रका साबि बैंक तथा वित्तीय संस्थाहरुलेएक वा बढी कारोबारमा पन्ध हजार युरो भन्दा बढी नगदको कारोबार भएको छ भने कानुनीरुपमा छ कि छैन भनेर जाँचबुझ गर्नुपर्छ। यस्तोमा खास नगद आय श्रोतको प्रमाण या नगदबाट किनिने सामानको रसिद आदि हेर्ने गर्छन् । सन् २०१७ देखि दस हजार युरोमा झान्रे कुरा बुझिन्छ ।
युरोपियन यूनियनका देशहरुमा चौथोमनी लाउन्डरिङ निर्देशिकागत बर्षको जुन १ देखि तयार गरी दुई बर्ष भित्र सबै यी देशहरुमा लागु गर्नु पर्ने प्रावधान छ। यसमा मुख्यतःदस हजार युरो भन्दा बढी नगद कारोबार गर्ने सबै ब्यबसाय या व्यक्तिलाइ यो निर्देशिकागत लागु गरिएको छ ।
आतंककारी गतिविधि भोगिरहेको फ्रान्समा अाफ्नो ऋण तिर्नको लागि नगद कारोबार तीन हजार युरोबाट घटाएर एक हजार बनाइएको छ । यो नियम ग्राहक र ब्यबसाय या ब्यबसाय देखि ब्यबसाय दुवै तरिकाको ऋणलाई लागु हुन्छ । तर यो नियम व्यक्तिदेखि व्यक्तिसँग गरिएको कारोबारमा लागु हुदैन । गैह्रआबासीय फ्रान्स लाइ पन्ध्र हजार युरोसम्म नगद राख्न पाइन्छ । तर यो ब्यबसायिक कारोबारको लागि नभई व्यक्तिगतको लागि मात्र हो । ब्यबसायिक गर्नु परे उही एक हजार युरोको सिमानै हो ।
फ्रान्समा यस बर्षदेखी लागु हुने गरी जसले महिनामा दस हजार युरो भन्दा बढी  नगद आˆनो खाताबाट निकाल्छ, उसको विवरण सिधा सम्बन्धित सरकारी निकायमा पुग्ने गरी प्राबधान बनाइएको छ ।
बेलायतमा हाल नगदको कारोबार
बढ्दो प्रबिधिको विकासले बेलायतमा खर्च गरिने पैसा नगद भन्दा कार्ड, छेक या बैंक ट्रान्सफर आदिबाट भएको तथ्यांक छ । बेलायती अर्थतन्त्रमा पहिलोपटक नगदको कारोबार भन्दागैह्र नगद  (कार्ड, बैंक ट्रान्सफर, चेक आदि) को बढी भएको छ ।
यसतथ्यांकअनुसार ४८ प्रतिशत नगद कारोबार भएको र आउदो दश बर्षमा अरु घटेर ३० प्रतिशत हुने कुरा पनि जनाएको छ । कारोबार हुने मुख्यस्थानहरुमा २४.५ ५, सुपरमार्केट ४३.८५, इलेक्टि्रकल समान ३३.८ ५, किताब दुकान ४५.५५, यात्रा तथा यातायात ५९५, च्यारिटी ६५.९५, सस्तो दुकान ६८५, कर्नरदुकान ७८.५५, पत्रिका बेच्ने दुकान ८४.८ ५ क्लब र पबमा ८३.९५   नगद रहेको बेलायतको तथ्यांक छ ।
नेपालमामनी लाउन्डरिङको अवस्था 
नेपालमामनी लाउन्डरिङऐन २००८ माशुरुवात भएको थियो । यसलाई सन् २०१२ मा परिमार्जित गरिएको छ । अन्तरााष्ट्रिय संस्था बाजे इन्स्टिच्युटले सन् २०१४ मा प्रकाशित गरेको १६२ देशहरुको एन्टी मनी लाउन्डरिङ अङ्कको सर्वेक्षणलाई हेर्दा यस क्षेत्रमा नेपालकोअवस्था निरासाजनक छ । यो सर्वेक्षणले नेपाललाइ चौधौ जोखिमको देश भएको बताएको छ भने दक्षिण एशियाको देशहरुमा अफगानिस्तान पछि नेपाल सबै भन्दा बढी जोखिममा रहेको देखाएको छ ।फाइनान्सियल याक्सन टाक्सफोर्स भन्ने अन्तराष्ट्रिय मनी लाउन्डरिङ वाचडग संस्थाले सन् २०१४ मा  नेपाललाई झन्डै ब्याल्क लिष्टमा राख्न खोजेको थियो । यी दुबैको प्रमुख कारणमा नेपालको  राजनैतिक अबुझपनर असक्षमतालाइ नै मान्नु पर्छ ।
 नेपालमा मनी लाउन्डरिङ सम्बन्धि गर्नुपर्ने कदम 
बेलायतमा जस्तो माथि चर्चा गरिएको हुबहु कदम नेपालमा चाल्न नसकेपनि यसबाट धेरै शिक्षा लिएर नेपाललाइ सुहाउदो र अन्तराष्ट्रिय जगतलाई मान्य कानुन रकदम चाल्नु पर्छ ।
अरु देशले गरेको जस्तै नेपालमा नगद कारोबार गर्न लाई सिमा तोक्नु जरुरी छ । एकपल्ट अथवा महिनामा पांच लाख भन्दा बढी नगद कारोबार गर्नेलाई दर्ता गराउने प्राबधान उपयुक्त देखिन्छ । नेपालमा जतिसुकै बिकट ठाउमा पनि लाखभन्दा बढी नगद घरमा नराखी   बैंकमा नै राख्छन् ।
बैंक तथा वित्ती संस्थाहरुले नगद झिक्दा यसको कारण र दाखिला गर्दा आम्दानीको श्रोत खोजे गैर कानुनीरुपमा नगदको दुरुपयोगलाई रोक्न सकिन्छ। यसकोलागि सम्बन्धित सरकारी निकायह ? लाइअरु क्रियाशील बनाउनु जरुरी हुन्छ । यसको साथैमनी लाउन्डरिङ सम्बन्धि तालिमलाइबढाउनु पनि उत्ति नैअत्यावश्यक हुन्छ ।
नगद कारोबार रमनी लाउन्डरिङ सबन्धि बहसछलफल मिडिया लगायत ठाउ ठाउमा गर्ने, ब्यबसायीहरुसंग मिलेर सेमिनारको आयोजना गर्नेजस्ताकार्यले मानिसहरुलाइ सम्बन्धि ज्ञान बढ्नेछ । अन्तराष्ट्रियरुपमा नेपालको आर्थिक छबि उच्च राख्न यथासक्दो मनी लाउन्डरिङ नियमलाई अरु गतिशिलता दिन आवश्यक छ ।
छोटो समयमामनी लाउन्डरिङ सम्बधिनेपालमा भएका कार्यहरु सह्रानीय छ तर,यसलाई अरु ससक्त बनाइ सम्पत्ति सुद्दिकरणको कार्य द तगतिमा हुनुपर्छ। राजनीतिलगायत सबै क्षेत्रबाट मनी लाउन्डरिङ नियमको पालना अरु भइ अन्तराष्ट्रिय जगत लेबिश्वास गर्ने कदम चाल्नु अपरिहार्य छ । गरिब देश नेपालमा मनी लाउन्डरिङबाट हुनेराजस्व चुवावट तथा अपराधलाई रोक्नु सबैको कर्तव्य हुन आउछ । बढ्दोग्लोबलाइजेसनमा बाहिरी संसारसँग प्रतिस्पर्धा गर्न रयस अनुरुप कानुन लागु गर्न नसके नेपालले ठुलो मूल्य चुकाउनुपर्ने कुरा सबैले बुझ्नु जरुरी छ ।
 # विकलचन्द्र आचार्य
Advertisement

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस