काश्मिर शान्तिको बाटोतिर

August 3, 2020 मा प्रकाशित

सन्दर्भ ५ अगस्त

Advertisement

20200803_231951

देवेन्द्र कौशिक

भारतले जम्मु काश्मिरलाई केन्द्र शासित राज्य घोषणा गरेको ५ अगस्त एक बर्ष पुग्नै लागेको छ। तथापि यस अबधिमा त्यहाँका स्थानीय युवा समुदायबाट सुरक्षाकर्मीहरु माथी गरिने आक्रमणमा पनि बिस्तारै कमी आउनु एउटा सुखद क्षण मान्नु स्वभाविक पनि हो। र, जम्मू काश्मिर शान्तिको बाटोतिर उन्मुख भएको यो दर्बिलो संकेत हो।
गत बर्ष भारत सरकारले संबिधानको धारा ,३७० अन्तर्गत जम्मु काश्मिर माथीको बिशेष दर्जा खारेज गरेर जम्मु काश्मिर र लद्दाखलाई केन्द्र शासित दुई अलग अलग राज्य गठन गरेको थियो। अहिले उक्त राज्यमा दुई लेफ्टिनेन्ट गभर्नरले अगल अलग राज्यमा शासनको बागडोर सम्हाल्दै आएका छन। यस सन्दर्भमा भारतका गृहमन्त्री अमित शाहले काश्मिर शान्ति र बिकासको मूललधारमा अघि बढेको र सुरक्षा संयन्त्र बिगतमा जस्तो स्थानीयवासीको कोपभाजनबाट मुक्त रहेको यथार्थतालाई प्रष्टयाएका छन। फलस्वरुप उक्त क्षेत्रमा शान्ति वहाली हुनु त्यस क्षेत्रको बिकास र भबिष्य सुनिश्चित रहेको प्रत्याभूति हुनु हो।
यसै सन्दर्भमा काश्मिरका स्थानीय मोहम्मद यूसुफले समाचार संस्था एएनआई समक्ष भनेका छन”यहाँका युवाहरुले बिद्रोही दस्तामा सहभागी हुनुमा केही पनि उपलब्धी छैन भन्ने कुरा बुझ्दै आएका छन। उनीहरु आज बिकास र शिक्षाप्रति आकर्षित बन्न पुगेका छन्।
त्यसो त सरकारी तथ्यांक अनुसार सन २०१६ मा युवाहरुले सुरक्षाकर्मी माथी गरिएको हमलाका दुई हज्जार ६ सय ५ मा बारदातहरु भएका थिए।

भारतको नेशनल इन्भेष्टिगेशन एजेन्सीले पनि सन् २०१७ मा पाकिस्तानको तर्फबाट सुनियोजित हमलाहरु भएको थियो। भारतीय समाचार संस्था पिटिआईका अनुसार सन २०१७ मा माथी उल्लेखित प्रकृतिका एक हजार चार सय ५८ बारदातहरु भएका छन। सन २०१८ मा पनि यस प्रकारका घटना एक हजार चार सय १२ वटा भए ।सन २०१९ देखि अहिलेसम्म यस्ता अप्रिय घटनाहरु अप्रत्याशित कमी आएको सरकारी आँकडाले पुष्टि गरेको छ।

जम्मु काश्मीरका पूर्ब मुख्यमन्त्री निर्मल सिंहले पनि यस क्षेत्रको सन्दर्भमा आफ्नो बिश्लेषणात्मक धारणा राख्दै भनेका छन ‘पाकिस्तानले भारत संग चार वटा युद्धमा पराजय ब्यहोरेपछि कथित काश्मिरी प्रतिनिधि भनाउँदाहरुलाई पैसाको प्रलोभन देखाएर प्रायोजित गरिएका थिए।
युवाहरुलाई समेत यस प्रकारको चक्रब्यूहमा फसाएर काश्मिर घाँटीको सुरक्षा ब्यबस्था माथी खतरा सिर्जना गर्ने काम भएका थिए। यस तथ्यको उजागर समेत सरकारी संयन्त्रबाट सार्बजनिक भएको छ।
गत बर्ष ५ अगस्त पछि काश्मिरको परिस्थितिले नयाँ दिशा तर्फ अघि बढेको छ। बिगतमा बिरोधका लागि क्यालेण्डर बितरण गरिन्थ्यो भने अहिले त्यहाँ यो अबस्था छैन। शासन प्रणाली पारदर्शी छ र जनता प्रति जवाफदेहिता छ। गत बर्ष जम्मु काश्मिरबाट संबिधानको धारा ३७० हटाएपछि त्यहाँ शान्ति वहाली हुनु नै एक बर्षमा भएको परिबर्तनको उपलब्धी हो। पछिल्लो अगस्त ५ अघि र पछिको अबस्थामा आएको यो परिबर्तन जम्मु काश्मिर क्षेत्रको सुनौलो भबिष्यको आभाष हो।
भारतले गत बर्ष संविधानको धारा ३७० हटाएको एक बर्ष यता केन्द्र शासित जम्मु काश्मिर राज्य बारे फरक फरक प्रतिकृया आई रहेका छन। राजनीतिक बृतमा फरक फरक मत भए पनि एक बर्षमा केन्द्र शासित उक्त राज्थका महिलाहरु अधिकार सम्पन्न भएका छन। बिशेषत :राज्य भन्दा बाहिर बिबाह गरेर जाने महिला र उनीहरुका सन्तानले एक बर्षदेखि सम्पत्ति माथीको अधिकारमा समानता उपभोग गरेका छन्। तथापि गत बर्ष ५ अगस्त भन्दा अघि जम्मु काश्मिर बाहिरका महिला संग बिबाह गर्दा स्थानीय महिला सम्पत्तिको अधिकारबाट बंचित हुनु पर्नेमा अब उपरान्त केन्द्र शासित राज्यलै जम्मु काश्मिर राज्य बाहिर बिबाह गरेका महिलाको सम्पत्ति माथीको अधिकार ग्यारेण्टी गरिदिएको छ। सारमा यो यथार्थ पनि हो जम्मु कश्मिरका अन्य बिषयमा बिभिन्न सवाल उठे पनि महिलाको पक्षमा भएको यो निर्णायक दस्तावेज ऐतिहासिक रहनेमा हेक्का राख्नै पर्दछ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस