‘मन्त्रीमण्डल हेरफेरबारे साेचिरहेकाे छु’ – प्रम ओली

August 29, 2020 मा प्रकाशित

 

Advertisement

 

काठमाडौं १३, भदाै  /प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद् पुनर्गठनबारे आफूले सोचविचार गरिरहेको बताएका छन् ।  जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले लिएको शनिबार प्रसारित अन्तवार्तामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।  मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा ‘मन्त्रिपरिषदको गठन पुनर्गठन आवश्यक्ताले गरिने’ भन्दै प्रधानमन्त्री ओलीले विचार गर्दै, समिक्षा गर्दै र हेर्दै गरेको जवाफ दिए उनले यो कुरा प्रधानमन्त्रीले विचार गर्ने विषय भएको भन्दै भने, ‘पूरानै साथीहरुको टिम लिएर सफलताका साथ अगाडि जान सकिन्छ वा त्यसमा आंशिक हेरफेर गर्नुपर्छ वा पुरै हेरफेर गरेर नयाँ टिमका साथ अगाडि बढ्दा बढी गतिशिलताका साथ भनेर प्रधानमन्त्रीले विचार गर्ने कुरा हो ।’

प्रधानमन्त्री ओलीले मुख्मन्त्रीहरु भने परिवर्तन नहुने संकेत गरे । अर्को डेढ वर्षपछि स्थानीय चुनाव हुने भन्दै उनले त्यस चुनावमा जितेर आएपछि सबै प्रदेशका मुख्यमन्त्रीहरु दोहोरिन, नदोहोरिन र नयाँ आउन पनि सक्ने बताए । उनले मुख्यमन्त्री परिवर्तनको विषयमा मिडियाहरुले सोधिरहने विषय नभएको बताउँदै मुख्यमन्त्रीहरु परिवर्तन गरेर अस्थिरतातर्फ जान नहुने र त्यो खालको निर्णय गर्न नहुने बताए । 

प्रधानमन्त्री ओलीले आफुले सरकार सञ्चालन गर्ने क्रममा विभिन्न पक्षसँग परामर्श, राय र सुझाव लिएर गरिरहेको दावी पनि गरे । उनले सरकार र पार्टी एउटै होइनन् भन्ने कुरा थाहा पाउनुपर्ने भन्दै जसले जे पायो त्यही बोल्ने परिपाटी रोक्नुपर्नेमा जोड दिए ।

पार्टी विवाद र कार्यदलको विषयबारे सोधिएको प्रश्नमा प्रधानन्त्रीले प्रतिवेदन के हो भनेर बुझ्नुपर्ने पनि बताए । उनले प्रतिवेदन पार्टीको आन्तरिक समस्यासँग सम्बन्धित रहेको भन्दै त्यो समस्या अनावश्यक रुपमा देखा परेको दावी समेत गरे ।  ‘व्यक्तिगत आकांक्षालाई पार्टी र सरकारसँग जोडेर देश सञ्चालन र व्यवधान पुग्नेगरी चल्न हुँदैन’, प्रधानमन्त्री ओलीले भने–  ‘कार्यदलको प्रतिवेदन केन्द्रीय कमिटीमा पास गर्ने होइन । विवादलाई साम्य पार्ने हो ।’

उनले अर्का अध्यक्ष प्रचण्डसँग मन मिलिसकेको भन्दै अब असमझदारी नबढ्ने बताए । ‘असहयोग हैन सहयोग पाएको छु । प्रचण्डसँग अझ समझदारी गरेर जानुपर्छ । भागबण्डाको प्रश्न होइन । भागवण्डाका लागि राजनीति गरेका होइनौ’, पार्टीमा भागबण्डा मिलिसकेको भन्ने प्रश्नमा प्रधानमन्त्रीको जावफ थियो । प्रचण्डलाई के अधिकार दिनुहुन्छ ? भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले ‘उहाँले कार्यकारी अधिकारसहित पार्टी सञ्चलन गर्ने र अबदेखि पार्टी र सरकार समझदारीअनुसार नै चल्ने’ बताए । पार्टीमा दुईवटा अध्यक्ष हुने भएपनि सरकारको प्रधानमन्त्री  एउटै हुने र प्रधानमन्त्री रबरस्ट्याम्पजस्तो नहुने बताए । 

उनले पार्टी एकता कायम रहन्छ या फुट्छ भन्ने प्रश्नमा यो एकता एकछिनका लागि मात्रै नगरेको बताए । ‘यो एकता अलि परसम्मको यात्राका लागि होइन, विकृति हटाएर, सुसंगत, अशिक्षा हटाएर, देशमा अग्रगामी परिवर्तनलाई निरन्तरता, स्वच्छता, पारदर्शिता, विकास निर्माणका लागि हो । चौतर्फी विकासका लागि हो’, प्रधानमन्त्री ओलीको भनाई छ । 

आफ्नै पार्टीभित्र समर्थनमा एक शब्द नबोल्ने तर भित्रभित्र विरोध गर्ने परिपाटी अन्त्य गर्नुपर्ने भन्दै उनले पार्टी एकिकरण सकेर महाधिवेशनमार्फत अघि बढ्ने बताए  ।  आगामी माहाधिवेशन एकता महाधिवेशन भएकाले सहमतिका साथ नै जानुपर्ने भन्दै ओलीले नेतृत्व चयन पनि सहमतिका साथ हुनसक्ने सम्भावना रहेको बताए । 

प्रधानमन्त्री ओलीले अर्का नेता माधवकुमार नेपालसँगको सम्बन्धमा पनि आफ्नो तर्फबाट त्यस्तो नराम्रो केही नभएको बताए । उनले युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिनुहुन्छ कि भन्ने प्रश्नमा निश्कर्ष र परिणामका आधारमा निर्णय गरिने तथा उपाध्यक्ष वामदेव गौतमलाई राष्टियसभामा लैजानेबारे अहिले कुनै निर्णय नभएको पनि स्पस्ट पारे । प्रधानमन्त्री ओलीले त्यसका लागि २,४ दिन हेर्न सुझाव दिए ।  ‘दुई–चार दिन हेरौं न, २० आउँदैछ’, प्रम ओलीको जवाफ थियो ।  

प्राडा. उपेन्द्र कोइरालाको नियुक्ति नातावाद कृपावादको आधारमा नभएको भन्दै योग्यताका आधारमा भएको दावी पनि उनले गरे । प्रधानमन्त्री ओलीले गोकुल बाँस्कोटाबारे छानविन भइरहेको भन्दै उनीसँग रिस उठ्दैमा विभिन्न समाचार छापिएको भन्दै असन्तुष्टि समेत जनाए । आफु र सरकारबारे अनर्गल प्रचार गर्नेहरुप्रति आफुलाई दया लागिरहेको भन्दै प्रधानमन्त्रीले ‘सबै चोर र भ्रष्ट हुन्’ भनेर अनास्था फैलाउनेहरुको पाप धुरीबाट कराउने चेतावनी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस