पीसीआर ल्याबका लागि सहयोग जुट्दै

August 30, 2020 मा प्रकाशित

Advertisement

विर्तामोड१४ , भदौ / झापाको कनकाई नगरपालिका–४ कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा स्थापना गरिएको कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याबका लागि विभिन्न दाताबाट सहयोग जुट्नेक्रम जारी छ । सहारा नेपालसहित २८ वटा विभिन्न सामाजिक संघसंस्थाको सहभागितामा सुरु गरिएको ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापित पीसीआर ल्याबका लागि आइतबार दुईलाख ५५ हजार तीन सय ८० रुपैयाँ दाताले प्रदान गरेका छन् ।
‘एकका लागि एक’ अभियानको आयोजनामा  बिर्तामोडमा भएको कार्यक्रममा ओली वंश जिल्ला समन्वय समिति झापाले ५१ हजार रुपैयाँ प्रदान गरेको छ ।
उक्त रकमको चेक ओली वंश केन्द्रीय समन्वय समितिका केन्द्रीय महासचिव उमानाथ ओली , केन्द्रीय सदस्य अनिरुद्र ओली ,  जिल्ला समन्वय समिति झापाका अध्यक्ष मोहनप्रसाद ओली , उपाध्यक्ष भवानीप्रसाद ओली , कोषाध्यक्ष यादवकुमार ओली , सदस्य रामप्रसाद ओली , कैलासपति ओली लगायतले ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई प्रदान गरेका थिए ।  
   सोही कार्यक्रममा शिवसताक्षी नपा –११ का वडाध्यक्ष तथा सतासी निर्माण सेवाका सञ्चालक भैरवकुमार श्रेष्ठले २१ हजार एक सय पाँच रुपैयाँ प्रदान गरेका थिए । उक्त रकम वडाध्यक्ष श्रेष्ठले ‘एकका लागि एक’ अभियानका सदस्य गजेन्द्र पौडेललाई प्रदान गरेका थिए ।
  त्यसैगरी मेची वहुमुखी क्याम्पस भद्रपुरका पूर्व प्राचार्य उमानाथ ओलीले ११ हजार रुपैयाँ प्रदान गरेका थिए ।  विर्तामोड –२ निवासी ओली वंश केन्द्रीय समन्वय समितिका केन्द्रीय महासचिव समेत रहेका  उमानाथले ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई उक्त रकम प्रदान गरेका थिए ।  
  त्यसैगरी खुद्रा बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी नपा –११ ले ३५ हजार रुपैयाँ प्रदान गरेको छ । उक्त रकम खुद्रा बचत तथा ऋण सहकारी संस्थाका ऋण उपसमिति संयोजक अग्नीप्रसाद दुलालले  ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई उक्त रकम प्रदान गरेका थिए ।  
 त्यस्तै विश्व हिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष यज्ञप्रसाद ओलीले ११ हजार रुपैयाँ प्रदान गरेका छन् । ओली वंश केन्द्रीय समन्वय समितिका केन्द्रीय सदस्य समेत रहेका यज्ञप्रसादले उक्त रकम ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद वस्नेतलाई प्रदान गरेका थिए ।
त्यस्तै शुलभ बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी नपा –११ झिलझिलेले २१ हजार रुपैयाँ , आदर्श बचत तथा ऋण सहकारी संस्था शिवसताक्षी नपा –९ले ११ हजार रुपैयाँ प्रदान गरेका छन् ।  
 त्यस्तै शिवसताक्षी–१० आँपटारीस्थित वालनिकुञ्ज माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक दिनको तलव बराबर १७ हजार पाँच सय रुपैयाँ , शिवसताक्षी–७ चन्द्रडाँगीस्थित शुक्र माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीले एक दिनको तलव वापतको रकम १० हजार छ सय २५ रुपैयाँ प्रदान गरेका छन् ।
त्यस्तै कमल गाउँपालिका –५का गोविन्दप्रसाद मैनालीले १७ हजार रुपैयाँ , शिवसताक्षी नपा –७ का खोदनाथ चापागाईंले ११ हजार एक सय पाँच रुपैयाँ ,   शिवसताक्षी नपा –११ झिलझिले निवासी वालकुमारी अधिकारी न्यौपानेले पाँच हजार रुपैयाँ , शिवसताक्षी नपा –७ व्याङडाँडा निवासी पृथ्वीनाथ शाहबाट दुई हजार पाँच सय रुपैयाँ शिवसताक्षी–११ दुधे निवासी शिवप्रसाद भट्टराईले १० हजार एक सय २५ रुपैयाँ प्रदान गरेका छन् ।
त्यस्तै कनकाई –३ निवासी रत्नप्रसाद आचार्यले १० हजार एक सय २५ रुपैयाँ प्रदान गरेका छन् । शिवसताक्षी नपा –११ निवासी छवीराज राईले पाँच हजार एक सय रुपैयाँ , शिवसताक्षी नपा –७ निवासी टिकाराम गौतमले पाँच हजार एक सय रुपैयाँ प्रदान गरेका छन् ।
 उक्त रकम तथा चेक एकका लागि एक’ अभियानका सदस्य तथा रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओलीलाई उनीहरुले हस्तान्तरण गरेका थिए भने ओलीले ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरी, सदस्यहरु मदनगोपाल सुव्वा , हरी शर्मालाई प्रदान गरेका थिए ।  
 ‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा ‘एकका लागि एक’ अभियानका सहसंयोजक विनोद वस्नेतले अभियानको औचित्यवारे प्रकाश पार्दै पीसीआर ल्यावका लागि दाताहरुले गरेको सहयोग प्रति धन्यवाद दिएका थिए ।    
 कार्यक्रममा  ‘एकका लागि एक’ अभियानका संयोजक गिरीले  कोरोना संक्रमितका लागि जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापित पीसीआर ल्यावको सञ्चालन आठ–दशदिन भित्रमा गरिने वताए । उनले ल्यावका लागी आवश्यक कर्मचारीको नियुक्ति गरी उनीहरुलाई तालिमका लागि पठाइसकिएको बताउँदै अव छिट्टै ल्याव सञ्चालन गरिने वताए ।
  त्यस्तै अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले ‘एकका लागि एक’ अभियानको अगुवाईमा  जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापित पीसीआर परीक्षण प्रयोगशालाको सञ्चालनको ढिलाई हुनु आफैंमा दुखद् भएको बताए । उनले झापामा कोरोना संक्रमित बढीरहेको अवस्थामा सवै एकजुट भएर पीसीआर ल्याव सञ्चालन गर्नुको विकल्प नभएको वताए ।
 त्यस्तै मेची वहुमुखी क्याम्पस भद्रपुरका पूर्व प्राचार्य तथा ओली वंश केन्द्रीय समन्वय समितिका केन्द्रीय महासचिव उमानाथ ओलीले ‘एकका लागि एक’ अभियानको अगुवाईमा जनस्तरबाट झापाको कोटीहोमस्थित समर्पण राष्ट्रिय भवनमा स्थापित पीसीआर ल्याब झापावासीका लागि    वरदान सावित हुने भएकाले आफूहरुले रकम प्रदान गरेको वताए ।
   कार्यक्रममा ‘एकका लागि एक’ अभियानका सदस्य बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, वीरता जेसीजका अध्यष मिजाश पोखरेल , चेम्वर्स अफ कमर्श झापाका पूर्व अध्यक्ष सन्तोष अग्रवाल , सञ्चारकर्मीहरु केशव भट्टराई, हिमाल खरेल , सन्तोष न्यौपाने , राजकुमार ओली लगायतको सहभागिता रहेको थियो ।

  कार्यक्रमको सञ्चालन अभियानका सदस्य तथा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस