गाैरीगंजमा विपी जयन्तीकाे अवसरमा वृक्षाराेपण,स्व. श्याम सुन्दर यादवलाई सरकारले सहिद घाेषणा नगरेकाेमा दुःख व्यक्त

September 9, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज २४,भदौ / नेपाली कांग्रेसका संस्थापक नेता महामानव वीपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसर पारेर नेपाली काँग्रेस गाैरीगंजले आज वृक्षारोपण कार्यक्रम सम्पन्न गरेकाे छ ।

गाैरीगंज काँग्रेस गाउँ समितिको आयोजनामा गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेकाे श्याम सुन्दर यादव स्मृति प्रतिष्ठान प्राङ्गणमा वृक्षारोपण कार्यक्रम गरिएकाे हाे ।

स्व. श्याम सुन्दर यादवकी धर्मपत्नि निर्मला देवी यादवकाे सभापतित्वमा भएकाे कार्यक्रममा महासमिति सदस्य घनश्याम रिजालले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाकाे लोकतान्त्रिक समाजवाद स्थापनामा दिएकाे याेगदानकाे स्मरण गर्दै उनले देखाएकाे बाटाेमा लाग्न सबैलाई आग्रह गरेका छन् ।
विपी काेईरालाले देखाएकाे समाजवादकाे नीति अहिले पनि उतिकै सान्दर्भिक भएपनि नेपाली कांग्रेस पार्टी विपीले देखाएकाे बाटाे विर्षिसकेकाे भान भईरहेकाे बताए । महासमिति सदस्य नाैताली राजवंशी, नेपालीकांग्रेस जिल्ला सदस्य तथा गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापा, कांग्रेसका पुर्व जिल्ला सदस्य तथा वार्ड नं. ३ का अध्यक्ष मखना महताे, अादिवासी जनजाति क्षेत्रिय सचिव राजेन्द्र ताजपुरिया, क्षेत्रिय प्रतिनिधि कमलेश्वर राजवंशी , शिक्षक संघका गाैरीगंज सभापति गाेपाल ताजपुरिया, क्षेत्रिय सचिव सुर्यभत्त सिटाैला, विपी चिन्तन प्रतिष्ठान गाैरीगंजका सभापति जगर्नाथ अाचार्य, नेपाली कांग्रेस गाैरीगंज गाउँसभापति राजेन्द्र कार्की, नेविसंघ गाैरादह नगर सभापति बाबुराम नेपाललगायतले विश्व राजनीतिमा प्रजातान्त्रिक समाजवाद नीतिका लागि वीपीको योगदान अविस्मरणीय रहेको स्मरण गर्दै गरिव, दु:खी, विपन्न तथा असाहयको उन्नतिका लागि वीपी चिन्तन अपरिहार्य रहेको बताएका थिए ।

अहिले गाउँ – गाउँमा स्वास्थ चाैकी, सामुदायिक विद्यालय, खानेपानी, प्रहरी चाैकीलगायतकाे स्थापना विपीकै दुरदर्शी सामाजवाद नीतिकै कारण नेपालमा स्थापना भएकाे वक्तारूले बताएका थिए ।

श्याम सुन्दर यादवकाे स्मृति प्रतिष्ठान भवनकाे प्राङ्गनमा भएकाे कार्यक्रममा वत्ताहरूले स्व. श्याम सुन्दर यादवलाई राष्ट्रिय सहिद घाेषणा नगरेकाेमा दुख व्यक्त गरे । नेपाली कांग्रेस पार्टीले मात्र सहिद घाेषणा गरेर मात्र श्याम सुन्दर यादवले पार्टीलाई दिएकाे याेगदानकाे कदर नहुने भन्दै सरकारले नै शहिद घाेषणा गर्नु पर्ने माग गरेका थिए । कार्यक्रम वार्ड नं. ६ का वडा सचिव अशाेक यादवले गरेका थिए ।

स्व. श्यामसुन्दर यादवलाई सहिद घाेषणा नगरेकाेमा दुःख व्यक्त

नेपाली कांग्रेस पार्टीका तर्फबाट निर्वाचित तत्कालिन खजुरगाछी गाविसका अध्यक्ष श्याम सुन्दर यादवलाई वि.सं. २०५८ साल असार १६ गते सशस्त्र द्वन्द्वकालमा माअाेवादी कार्यकर्ताले हत्या गरेका थिए ।

उनकाे हत्या पछि कांग्रेस पार्टीले सहिद घाेषणा गरेकाे थियाे । तर सरकारकाे तर्फबाट सहिद घाेषणा भने गरिएकाे छैन । पटक – पटक नेपाली कांग्रेसकाे सरकार बने पनि स्व. श्याम सुन्दर यादवलाई सहिद घाेषणा गरेकाे छैन । उनकाे स्मृतिमा स्व. श्याम सुन्दर यादवकाे कर्द कदकाे शालिकसहित १ कठ्ठा जग्गामा भवन निर्माण गरिएकाे छ। श्याम सुन्दर यादव स्मृति प्रतिष्ठान स्थापना गरि १४ लाख रूपैयाँमा कर्दकदकाे शालिकसहित भवन निर्माण गरिएकाे हाे । उनकी धर्मपत्नी निर्माला देवी यादवले श्रीमानलाई माओवादीले हत्या गरेकाे स्मरण गर्दै सरकारले सहिद घाेषणा नगरेकाेमा दुःख व्यक्त गरिन ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस