थाउजन ग्रुप दमकद्वारा जेष्ठ आमा बुवालाई सामुहिक भोजन

September 11, 2020 मा प्रकाशित

Advertisement

दमक २६  , भदौं /
थाउजेन ग्रुप दमकले आज रत्न ज्येष्ठ नागरिक बृद्धाआश्रम दमक ४ का ज्येष्ठ आमा बुवाहरुलाई सामुहिक भोजनसंगै खाधन्न सामाग्री सहयोग गरेको छ ।
अहिलेको कोरोना भाइरस कोभिड १९ को संक्रमणको यो अवस्थामा थाउजेन ग्रुपले ज्येष्ठ आमा बुवालाई सामुहिक भोजन गराएको हो । लकडाउनको यस अवस्थामा रत्न आश्रममा बसेका आमा बुवाहरुलाई भोजनको समस्या नहोस भनेर चामल ३० केजी , दाल ,तेल र मसला लगायतको खाधन्न सामाग्री सहयोग गरेको ग्रुपमा संयोजक हेमकुमारी दंगालले जानकारी दिनु भयो ।
सहयोगी मनहरुले लकडाउनको यस समयमा वेला–वेला आएर सहयोग गरी रहेको संस्थाको सहयोगी अर्चना सुनुवारले बताउनु भयो । २ महिला सहित सात जना ज्येष्ठहरु रत्न आश्रममा बसीरहेको बताइएको छ ।
ज्येष्ठ आमा बुवाहरुलाई दैनिक सहयोग गर्नेहरुमा थाउजेन ग्रुपको संयोजक दंगाल,सदस्यहरु मिना कुमारी थापा,फुलमाया नेम्वाङ्ग,कुमारी लिम्वू, मिना कुमारी लिम्वू ,मुना बस्नेत र बिधा थापा रहेका छन् । समाजमा रहेका साह्रो ग्राहोमा परेका असाहय दीन दुःखीहरुलाई ग्रुपले सहयोग गर्ने संयोजक दंगालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस