पर्यटकिय गन्तव्य स्थलकाे रूपमा विकास गरिदै गाैरादहकाे हात्ती डुब्बा सिमसार क्षेत्र

September 14, 2020 मा प्रकाशित

गाैरादह २९, भदाै / गाैरादह नगरपालिका वार्ड नं. ९ बैगुनधुरामा दहगाउँ भन्ने वस्ती छ । जहाँ छिटपुट अन्य जातजातिकाे बसाेवास रहेपनि नेपालकै भुमिपुत्र भनेर चिनिने सन्थाल जातिकाे बाहुल्यता छ । करिब ४० / ५० घर सन्थाल जातिकाे बसाेवास रहेकाे उत्त बस्ती नजिकै प्राकृतिक जलाशय छ जुन ७० वर्ष अघिदेखि एउटा खाडीकाे रूपमा हात्तीडुब्बा नामले प्रचलित छ । तीन विघा क्षेत्रफलमा फैलिएकाे उत्त जलाशयमा अथाह पानीका कारण धेरै वर्ष पहिले पानी पिउने क्रममा थुप्रै हात्तीहरू डुबेर मरेकाे बुढापाकाहरू बताउँछन् । हात्तीहरू डुबेर मरेका कारण उत्त खाडी ( जलाशय) काे नाम हात्तीडुब्बा रहेकाे उनीहरू बताउँछन् ।

Advertisement

तीन विघा क्षेत्रफलमा फैलिएकाे उत्त हात्तीडुब्बा प्राकृतिक जलाशय र त्यसकाे नजिकै रहेकाे सन्थाल वस्तीलाई समेटेर पर्यटकिय गन्तव्यकाे रूपमा विकास गरि नगरपालिकाकाे पहिचानकाे रूपमा रमणिय स्थान स्थापित गर्न पछिल्लाे समयमा त्यहाँका स्थानियहरू लागिपरेका छन् ।

हाती डुब्बा सिमसार नजिक दक्षिणतर्फ रहेकाे सन्थाल जातिकाे भाषा, संस्कृति, रहनसहन, खानपान, नाचगानलाई सांस्कृतिक पहिचानकाे रूपमा संग्रहित गरि संथाल जातिकाे अध्ययन केन्द्रकाे रूपमा विकास गर्ने प्रवल सम्भावना छ । त्यसैगरी सिमसार क्षेत्रकाे पुर्वपट्टी १० विघा क्षेत्रमा केरा खेती छ । सरकारी अनुदान विना माेरङ्ग सुन्दरहरैचाका ३ जना कृषकले ५ वर्षका लागि लिजमा जग्गा लिएर १० विघा खेतमा केरा खेती लगाएका छन् । पर्यटकलाई थप आकर्षित गर्न केरा बारीले पनि सहयाेग गर्ने छ ।

स्थानिय समाजसेवी तथा धार्मिक व्यक्तित्व चन्द्रबहादुर खड्काकाे अध्यक्षतामा हात्ती डुब्बा सिमसार तथा पर्यटकिय क्षेत्र विकास केन्द्र नामक संस्था गत वर्ष दर्ता गर्याे । पहिलाे पटक गाैरादह नगरपालिकाबाट निरीक्षण तथा अवलाेकन गरि तयार गरेकाे डीपीआर बाट प्रदेश नं. १ बाट आर्थिक वर्ष २०७६/७७ काे बजेटमा २० लाख रूपैयाँ छुट्याएकाे थियाे । साे रकमबाट संस्थाले ३५/३५ मिटरकाे दुईवटा ड्याम निर्माण गर्ने, माटाे सम्याएर खाडीकाे आकार कायम गराउने र हाेली वा खाडी भित्रकाे फाेहाेर , घाँस जङ्गल फाल्ने सबै कार्य गर्ने याेजना भए पनि काेराेना महामारीका कारण ईस्टमेट अनुसार कार्य गर्न सकेन । उत्त जलाशयका लागि २० लाख रूपैयाँ बजेट छुट्याए पनि ८ लाख १९ हजार ५ सय १५ रूपैयाँ बराबरकाे कार्य गर्न सकेकाे संस्थाका अध्यक्ष चन्द्र बहादुर खड्काले जानकारी गराएका छन् । हाल उत्त जलाशयमा एउटा ड्याम निर्माण, माटाे सम्याई खाडीकाे आकार कायम र खाडीकाे भाग एकिन गरी उत्तर तर्फकाे ड्यामकाे कार्य गर्न जग खनी सकिएकाे ढुङ्गा साेलिङ भईसकिएकाे अध्यक्ष खड्काले बताएका छन् ।

 


चालू आर्थिक वर्ष २०७७/७८ मा पनि उत्त हात्तीडुब्बा जलाशयलाई विकास गर्न प्रदेश नं. १ सरकारले २० लाख रूपैयाँ वजेट छुट्याएकाे छ ।
उत्त बजेटबाट संस्थाकाे दीर्घकालिन विभिन्न याेजनाहरू अघि सारेकाे छ ।
हिजाे संस्था पहिलाे साधारणसभामा अध्यक्ष खड्काले उत्त याेजनाहरूकाे फेहरिस्त सुनाए । सिमसार क्षेत्रलाई थप अाकर्षित बनाई अान्तरिक तथा वाह्य पर्यटकहरूकाे गन्तव्य स्थल बनाउन संस्थाकाे दीघर्कालिन याेजना अन्तर्गत स्थायी सम्पति व्यवस्थापन गरि हाेली भित्र पर्ने गिरीबन्धुहरूकाे जग्गा खरिद गर्ने, वनभाेज केन्द्र (पिकनिक स्पाेर्ट ) निर्माण गर्ने, उत्तर तर्फ एउटा प्रवेस द्वार दक्षिण तर्फ एउटा प्रवेश द्वार निर्माण गर्ने, उत्तर र दक्षिण दुवै तर्फ झाेलुङ्गे पुल निर्माण गर्ने, धार्मिक पहिचान कायम राख्न पानीकाे मध्य भागमा पञ्तकन्या मन्दिर निर्माण गरि हात्तिडुब्बाकाे वास्तविक पहिचान दिलाउने, उत्तर तर्फकाे सुरूवात गरिएकाे बाँध वा ड्यामबाे कार्यलाई पूरा गर्ने, खाडी भित्र रहेबा सम्पुर्ण जफडा वा मेटेका पुर्ण रूपमा फालेर सिमसारकाे वास्तविक अाकार कायम गराउने, खाडीकाे वाहिरी भागतर्फ घेरावाराकाे कार्य गर्ने, सिमसारकाे पहिलाे पहिचान दिन ३  वटासम्म वाेटिङ गर्ने डुङ्गा खरिद गर्नेलगायतका रहेका छन् ।

हातीडुब्बा सिमसार विकास केन्द्रकाे अध्यक्षमा पुनः चन्द्र बहादुर खड्का सर्वसम्मत

हिजाे भदाै २८ गते गाैरादह नगरपालिका वार्ड नं. ९ का वडा अध्यक्ष सिताराम भट्टाराईकाे प्रमुख अातिथ्यतामा संस्थाकाे पहिलाे साधारण सभा सम्पन्न भएकाे थियाे । संस्थाकाे पहिलाे साधारण सभामा संस्थाका अध्यक्ष चन्द्र बहादुर खड्काले संस्थाकाे वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सचिव नगेन्द्र बहादुर वस्नेतले अायव्यय प्रस्तुत गरेका थिए ।

प्राचीन पानीको दह ‘होली’ रहेको स्थानलाई सिमसारको रुपमा बिकास गर्दै पर्यटकीय केन्द्र बनाउने उदेश्यले केन्द्रको गठन गरिएको हो ।

सिमसार परिसरमा आइतवार आयोजित उपभोक्ता भेलाले यसअघिको तदर्थ समिति बिघटन गरी १५ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
३ बर्ष कार्यकाल रहने समितिको उपाध्यक्षमा दिवसपती पोख्रेल, सचिवमा नगेन्द्र बस्नेत, कोषध्यक्षमा राधा दाहाल चयन भएका छन् । भेलाले सदस्यहरुमा हरि प्रसाद बराल, चन्द्रबहादुर बिष्ट, मेघराज थापा, गुरु मुर्मू, सुमित्रा सोरेन, रिता निरौला, किशोर परियार, रुद्र सिग्देल, चित्र बहादुर पौडेल, ख्याम प्रसाद गौतम र सृजन घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
साधारणसभामा वार्ड सदस्यहरू यम कुमारी प्रधान, सीता परियारलगायतकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस