गाैरादह नगरपालिकाद्वारा स्व. धनवीर राजवंशीकाे परिवारलाई राहत स्वरूप ५ लाखकाे चेेक हस्तान्तरण

September 14, 2020 मा प्रकाशित

Advertisement

गाैरादह २९, भाद्र / गाैरादह नगरपालिकाले स्व. धनवीर राजवंशीकाे परिवारलाई ५ लाख रूपैयाँकाे चेक हस्तान्तरण गरेकाे छ ।
गाैरादह नगरपालिकाका नगर प्रमुख राेहित कुमार साह र उपप्रमुख गिता भेटवालले आज स्व. राजवंशीकी धर्म पत्नी पार्वती राजवंशीलाई संयुक्तरूपमा उत्त रकम हस्तान्तरण गरेका हुन् । 
स्व. राजवंशीकी पत्नी पार्वती राजवंशीलाई छाेराहरूकाे उपस्थितिमा राहत स्वरूप ५ लाख रूपैयाँकाे चेक हस्तान्तरण गरिएकाे हाे । गाैरादह नगरपालिका वार्ड नं८ भुडिसिमल बस्ने बर्ष अन्दाजी ५८ काे मृतक धनवीर राजवंशी गत असाेज १२ गते उपभोक्ता समितिकाे रकम भुक्तानीका लागि नगरपालिका गएका थिए । तर पटक पटक भुक्तानीका लागि नगरपालिका गए पनि गत असाेज १२ गते पनि भुक्तानी नपाए पछि उनी नगरपालिका मुल गेटमै बेहाेस भई उपचार गर्न लाने क्रममा मृत्यु भएकाे थियाे ।

मृत्यु भएपश्चात नगरपालिकामा स्थानियहरूले क्षतिपूर्तिसहित ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्न माग गरेका थिए ।
गाैरादह नगरपालिकाले क्षमायाचनासहित मृतक धनवीर राजवंशीकाे परिवारलाई भरणपोषणका लागि राहत स्वरूप ५ लाख रूपैयाँ र ईन्जिनियर सचिन क्षेत्रीलाई बर्खास्त गर्ने निर्णय गरेपछि नगरपालिका र स्थानियबीच भएकाे तनाव साम्य भएकाे थियाे ।

सामाजिक कार्य गर्दै निज राजवंशीकाे मृत्यु भएकाे जनाउदै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकाले उनलाई सामाजिक अभियन्ताका रूपमा सम्मान दिने समेत निर्णय गरेकाे थियाे । नगरपालिकाले नगरपालिकाकाे कामकारबाहीकाे अनुगमन गर्ने, अनियमितता गर्ने कर्मचारीकाे छानवीन गरि कानुनी कार्वाहिका लागि सिफारिस गर्नेलगायतका कार्यहरू गर्न सुशासन समितिसमेत गठन गर्ने निर्णय गरेकाे थियाे ।
उनलाई उपचार गर्न लाने क्रममा मृत्यु भएपछि मृतक राजवंशीकाे लास नगरपालिका परिसरमा राखी स्थानियहरूले प्रदर्शन गरेका थिए । कार्यपालिका वैठक बसी पिडितलाई राहत स्वरूप २ लाख रूपैयाँ दिने र ईन्जिनियर सचिन क्षेत्रीलाई तत्काल निलम्बन गरि छानवीन समिति गठन गर्नेे निर्णय गरेपनि पिडित पक्षले नमानेपछि स्थिति झन तनाव पुर्ण भएकाे थियाे ।
कार्यालयकाे भझ्यालकाे सिसा, साईन बाेर्ड ताेडफाेड गरिएकाे थियाे । नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ काे वजेटबाट वैराती बजार टहरा निर्माणका लागि ३ लाख रूपैयाँ छुट्याएकाे थियाे । उत्त टहरा निर्माण गर्न मृतक राजवंशीकाे अध्यक्षतामा टहरा निर्माण समिति गठन भएकाे थियाे । असार महिनाकाे २५ गते वार्ड सिफारिस, अनुगमन समितिकाे कार्य सम्पन्न गरेकाे प्रतिवेदन सहित नगरपालिकाकाे प्राविधिक शाखामा फाइल पेश गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस