कैदीबन्दीका छोराछोरी  र असहाय वालवालिकालाई  खाद्यान्न वितरण

September 15, 2020 मा प्रकाशित

Advertisement

बिर्तामोड ३० , भदाै  /झापाको अर्जुनधारा–११ देउनियावस्तीस्थित जुनकिरी  सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् विद्यार्थी हर्षित मुद्रामा भेटिए ।
  बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आवासिय रुपमा रहेर जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् उनीहरु  खाद्यान्न , लत्ताकपडा , औषधिलगायतका सामग्री पाउँदा हर्षित भएका हुन् ।
इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनले जुनकिरी  सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् विभिन्न कारागारमा कैदीजीवन बिताइरहेका कैदीबन्दीका छोराछोरी  र असहाय वालवालिकालाई  खाद्यान्न , लत्ताकपडा , औषधिलगायतका सामग्री प्रदान गरेको हो ।
 राष्ट्रिय वालदिवसको अवसर पारेर उनीहरुलाई सामग्री प्रदान गर्नुका साथै खाना , मिठाई खुवाइएको थियो भने केक काटेर सेलिव्रेसन समेत गरिएको थियो ।
  इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशलको अध्यक्षता तथा रोटरी क्लव अफ विर्तामोड मिडडाउनका प्रेसिडेन्ट प्रसान्त भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जुनकिरी  सार्वजनिक प्राथमिक बिद्यालयका प्रधानाध्यापक रञ्जित परियारले स्वागत गरेका थिए ।
  कार्यक्रममा इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी चाटर्ड प्रेसिडेन्ट भूमिका पोख्रेल , कोषाध्यक्ष निलम अग्रवाल , आइएसओ मोनिका अग्रवाल , वोर्ड मेम्वर रुची शिवाकोटी , कमला पौडेल , वर्षा राजभण्डारी , रेनु गोयल , रेखा अग्रवाललगायतले  विद्यार्थीहरुलाई  खाद्यान्न, लत्ताकपडा, औषधिलगायतका सामग्री प्रदान गरेका थिए ।
   त्यस्तै रोटरी क्लव अफ विर्तामोड मिडडाउनका प्रेसिडेन्ट प्रसान्त भण्डारीले  जुनकिरी  सार्वजनिक प्राथमिक बिद्यालयलाई पाँच थान सिलिङ्ग फेन प्रदान गरेका थिए ।
 उक्त बिद्यालयमा विभिन्न कारागारमा कैदीजीवन बिताइरहेका कैदीबन्दीका छोराछोरी  , असहाय वालवालिका , दैनिक ज्यालादारी गर्ने कृषि मजदुर, रिक्सा चालक तथा भ्यान चलाउने यातायात मजदुर र सुकुम्बासी परिवारका छोराछोरीहरु अध्ययन गर्ने र फेन नहुँदा  गर्मीमा अध्ययन गर्न समस्या हुने भएकाले बिद्यालयलाई पाँच थान सिलिङ्ग फेन प्रदान गरेको उनले बताए ।  
  संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत उनीहरुलाई सिलिङ्ग फेन प्रदान गरेको रोटरी क्लव अफ विर्तामोड मिडडाउनका प्रेसिडेन्ट प्रसान्त भण्डारीले बताए ।  
कार्यक्रममा रोटरी क्लव अफ विर्तामोड मिडडाउनका सेक्रेटरी सिद्धार्थ नविन उप्रेती ,  प्रेसिडेन्ट इलेक्ट दिपेन्द्र पोखरेल , आइटी अफिसर रोशन वुढाथोकी , टीच कोअर्डिनेटर शरद जोशी , पव्लिक इमेज अफिसर मनोज अग्रवाल , क्लव सर्भिस कोअर्डिनेटर सुजित वंशलले उक्त सामाग्री प्रदान गरेका थिए ।
 सोही कार्यक्रममा रोट्रयाक रोटरी क्लव अफ विर्तामोड मिडडाउनकी प्रेसिडेन्ट प्रकृति न्यौपानेले विद्यार्थीलाई सेनेटरी प्याड लगायतका सामग्री प्रदान गरेकी थिइन् ।
कार्यक्रममा  बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आवासिय रुपमा रहेर जुनकिरी सार्वजनिक प्राथमिक बिद्यालयमा अध्ययनरत् बिद्यार्थीलाई  विद्यालयमै आएर सामाग्री प्रदान गरेकोमा बन्दी सहायता नेपालका पुर्वाञ्चल अध्यक्ष जगतबहादुर राना मगरले धन्यवाद  दिएका थिए ।
 इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी भाइस प्रेसिडेन्ट  जमुना भुसालले औचित्यमाथी प्रकाश पारेको कार्यक्रमको सञ्चालन  इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी सेक्रेटरी सम्झना भण्डारीले गरेकी थिइन् ।
  यसैवीच बिर्तामोडस्थित तारा नमस्ते बालआश्रममा रहेका बालबालिकाहरुलाई  खाना , मिठाई खुवाएर शैक्षिक सामग्री प्रदान गरिएको इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउनकी प्रेसिडेन्ट रेनु बंशलले बताइन् ।    

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस