गाैरीगंज -३ का ५ जना मृतक परिवारलाई १० हजारकाे चेक हस्तान्तरण

September 16, 2020 मा प्रकाशित

Advertisement

गौरीगंज ३१, भदाै / गौरीगंज गाउँपालिकाले मृत्युको शोकमा परेका ५ परिवारलाई राहत प्रदान गरेको छ ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा स्थायी बसाेवास गर्दै आएका प्रत्येक मृतकका परिवारलाई समवेदना पत्रसहित १० हजारकाे चेक हस्तान्तरण गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ घर भएका ७३ बर्षिय स्व. राजेन्द्र महताेकाे बुहारी गिता महताे, ४ बर्षिया स्व. सभिया राजवंशीकि बुबा इजे राजवंशी, १७ बर्षिय स्व. मनिष श्रेष्ठकाे गाेविन्द श्रेष्ठ, ६० बर्षिय स्व. हरि यादवकी श्रीमती ललुवती यादव र ९२ वर्षिय स्व. पुण्यमाता गर्ताैलाकी बुहारी अम्विका गर्ताैलालाई प्रति परिवार १० हजार रूपैयाँकाे चेक हस्तान्तरण गरेकाे वार्ड नं. ३ का अध्यक्ष मखना महताेले जानकारी गराएका छन् ।

गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताे, रिता तामाङलगायत  संयुक्तरुपमा उनीहरुको घरमै पुगेर शोकमा परेका परिवारलाई राहतस्वरूप रकम प्रदान गरेका थिए ।

‘दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथि’ भन्ने नाराका साथ गाउँपालिका भरी कुनै परिवारमा मृत्यु सोक परेमा गाउँपालिकाको अनिवार्य उपस्थिति रहने र राहत स्वरुप काजक्रिया खर्च वापत प्रति परिवारलाई १० हजार रुपैया“ उपलब्ध गराउने नीति अनुरुप रकम उपलब्ध गराएको वडा अध्यक्ष महताेले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस