काेच स्टार अनलाईन गायन प्रतियाेगिता असाेज १० गतेबाट शुरू हुँदै

September 19, 2020 मा प्रकाशित

Advertisement

 

गाैरीगंज ३, असाेज / जीवनलाई सुन्दर बनाउने तत्व भनेको साहित्य, संगीत र कला हो । साहित्यले जीवनलाई आनन्दित पार्छ । संगीतले नयाँ ऊर्जा दिन्छ भने गीत, संगीत र कलाले जीवन बाँच्ने सुन्दर बाटो दिन्छ ।
यीनै गायन क्षेत्रमा सुन्दर बाटाे देखाउनका लागि काेच स्टार अनलाईन गायन प्रतियाेगिता हुने भएकाे छ ।
विशुद्व काेच भाषी नवप्रवेशी कलाकारहरूकाे गायन प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले असाेज १० गतेबाट अनलाईनमार्फत छनाैट प्रक्रिया शुरू हुने भएकाे छ ।


बिट्स रेकर्डिङ्ग बिराटनगरको मुख्य प्रायोजनमा हुन गइरहेको प्रतियोगितामा प्रथम हुने प्रतियाेगीलाई एकवटा गीत रेकर्डिङ र म्युजिक भिडियो बनाउने अबसर सहित नगद २० हजार रूपैयाँ पुरस्कार , दोश्रो हुनेलाई गीत रेकर्डिङको अबसर सहित नगद १० हजार रूपैयाँ र तेश्रो हुनेलाई गीत रेकर्डिङको अबसर सहित नगद ५ हजार रूपैयाँ पुरस्कार प्रदान गरिने आयोजक समितिका सदस्य गाेपाल राजवंशीले बताएका छन् ।

सेलेक्सन राउन्डका लागि निम्न कार्यक्रमहरू रहेका छन् ।

#कार्यक्रम ………..
1. Selection राउण्डमा प्रतियोगिले आफुले गाएको भिडियो बनाइ पठाउनु पर्नेछ। निर्णायकको निर्णयको आधारमा छनौट भएका प्रतियोगीहरु Introduction Round मा प्रवेश गर्नेछन।

2. Introduction राउण्डमा Selection Round बाट छनौट भइ आएका प्रतियोगिहरुको भिडियो क्लिप Facebook Page तथा Youtube channel मा अपलोड गरिनेछ। Facebook Post को Like र Youtube upload को views लाई २० % तथा निर्णायक समितिको मुल्याङ्कनलाई ८०% आधार मानी Top-10 प्रतियोगी Final Round को लागि छनौट गरिनेछ।

3. Final राउन्डमा छनौट भएका Top-10 प्रतियोगिहरुले उपलब्ध गराइने गीतहरुमध्येबाट कुनै एक गीत ट्र्याकमा गाएर भिडियो पठाउनुपर्नेछ। उक्त भिडियो क्लिप Facebook Page तथा Youtube channel मा अपलोड गरिनेछ। Facebook Post को Like र Youtube upload को views लाई २० % तथा निर्णायक समितिको मुल्याङ्कनलाई ८०% आधार मानी प्रथम, द्वितीय र तृतिय हुने प्रतियोगी छनौट गरिनेछ।

#नियम र शर्तहरु

* प्रतियोगिले अनिवार्य रुपमा कोच भाषाको गीत गाउनुपर्नेछ।
*भिडियो कम्तिमा 2 मिनेटको, स्पष्ट एवम वास्तविक हुनुपर्नेछ।
*जुनसुकै उमेर, लिङ्ग, जाती एवम सामुदायका ब्यक्तिहरुले यस प्रतियोगितामा भाग लिन सक्नेछन।
*प्रतियोगिले अनिवार्यरुपमा यस कार्यक्रमको आधिकारिक Facebook Page लाइक र Youtube Channel सब्स्क्राइब गर्नुपर्नेछ।
* देश विदेशमा रहनु भएका सम्पूर्णले भाग लिन पाउने छन् |
* कुनै किसिमको विवाद भएमा आयोजक समितिको निर्णय नै अन्तिम हुनेछ
#सम्पर्कको_लागि
नबिन राजवंशी :- ९८५१०८५७४४
भबिन ताजपुरिया :- ९८०८६७११८९
गोपाल राजवंशी :- ९८५२६७६६७१
रमेश मास्के ९८४२६६७२१०
बिकाश राजवंशी :- ९८५११४४७८३
राम राजवंशी :- ९८०७९५११५९
कारन चौधरी :_ ८०७०५८५०४
बिनिता ताजपुरिया :- ९८१७९७२३०४


प्रतियोगिताको निर्णायक भुमिकामा युवा गायक बलबहादुर राजवंशी, वरिष्ठ सँगित गुरु कुशेश्वर राई र कोच भाषी गीतका बरिष्ठ गीतकार गोपाल राजवंशी रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस