झापामा काेराेनाले एक वृद्धाकाेे मृत्यु

September 21, 2020 मा प्रकाशित

Advertisement

बिर्तामोड ५, असाेज/

कोरोना संक्रमणका कारण आज झापामा एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मेचीनगरपालिका– ५ निवासी ७२ वर्षीया वृद्धा रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लगाईले जानकारी दिनुभयो ।

स्वास प्रस्वासमा समस्या भएपछि एक साता अघि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो ।

बीवी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचाररत रहेकी वृद्धाको आज निधन भएको हो । यो संगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या झापामा चार पुगेको छ ।

झापामा हालसम्म ७ सय ९१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २४ हजार ६ सय ६५ जनाको कोरोना परीक्षण गर्दा ७ सय ९१ जनालाई कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमित मध्ये ६ सय ७८ जनाले कोरोना जीतेर घर फर्किएका छन् भने ११० जना उपचारकै क्रममा रहेको चम्लगाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस