गाैरादहका अटाेचालकसहित झापामा ५ जना काेराेना संक्रमित

September 23, 2020 मा प्रकाशित

झापा ७, असोज / कारेना संक्रमित बढ्ने क्रममा आज झापामा थप ५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा तीन जना स्थानीय रहेका छन् भने बाँकी दुई जना भारतबाट फर्केकाहरु रहेका छन् ।

Advertisement

गौरादह नगरपालिकामा एकजना अटोचालक र अर्का व्यापारी गरी दुईजनामा संक्रमण पुष्टि भएको छ । गौरादह ८ बस्ने ४० वर्षिय अटोचालकलाई संक्रमण देखिएको हो । असोज ४ गते ६७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाउँदा ६ गते ६३ जनाको रिपोर्ट नेगेटिभ आएको र होल्डमा रहेका ४ जनामध्ये आज एकजनाको रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखाका गोबिन्द श्रेष्ठले बताए । त्यस्तै नोवेल हस्पिटलमा परीक्षण गराउँदा गौरादह १ का ५४ वर्षिय पुरुषको रिपोर्ट पोजिटिभ आएको उनले बताए । उपचारका लागि विराटनगर गएका ती व्यक्ति व्यापारी भएको जनाइएको छ । त्यस्तै भद्रपुरको मेची बहुमुखी क्याम्पसको होल्डिङ सेन्टरमा बसेका दुईजनाको रिपोर्ट पोजिटिभ आएको छ । ओखलढुंगाकी २३ वर्षिया महिला र सल्यानका २१ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । त्यस्तै दमक नगरपालिका वडा नं २ की एक महिलामा पनि संक्रमण पुष्टि भएको छ । ३० वर्षकी महिलामा संक्रमण पुष्टि भएको र वडा नखुलेकी अर्की महिलामा पनि संक्रमण देखा परेको नगरपालिकाका स्वास्थ्य शाखाका नगेन्द्र भट्टराईले बताए । योसँगै जिल्लामा संक्रमितको सँखया ८१८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस