गाैरादहमा एक वृद्वाकाे रहस्यमयी मृत्यु , कुकुरसहितकाे टाेलीद्वारा अनुसन्धान जारी

September 28, 2020 मा प्रकाशित

Advertisement

गौरादह १२, असाेज /  झापा गौरादह नगरपालिका १ स्थित प्रज्वल कलेजियट एकाडेमी नजिकै एक बृद्धा आफनै घर भित्र मृत फेला परेकी छिन ।

केही समय अघि कमल गाउँपालिकाबाट बसाइँ सरेर आएका भीम भण्डारीकी श्रीमती पार्वता भनेर बाेलाउने मनमाया भण्डारी अन्दाजी ६० बर्षिया ति बृद्धा घर भित्रको खाटमुनी रक्ताम्य अवस्थामा मृत भेटिएकी हुन । उनकाे मृत्यु रहस्यमयी भएकाे जनाईएकाे छ ।

उनीहरु घरमा हाल पति पत्नी मात्रै बस्दै आएका बताइएको छ । आज बिहानको खाना ढयाङग्रीमा खाएर करिब ११ बजेतिर घर आइपुगेका उनीहरु दुई मध्ये पति भण्डारी दिउँसो पख गौरीगञ्ज तर्फ गएको र अन्दाजी साढे ४ बजेतिर घर आउँदा पत्नीलाई खाटमुनी हात बाँधेको अवस्थामा मृत भेटेकाे वडा अध्यक्ष भण्डारीले जनाएका छन्। 
घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालासहितको टोली अाईपुगेकाे र अनुसन्धानका लागि धरानबाट प्रहरीले कुकुरसहितको टोली समेत बोलाएको छ । अहिले प्रहरीले घेरा हालेर मुचुल्का उठाउने र अनुसन्धान कार्य गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस