गौरादहमा हत्या गरिएकी मनमाया भण्डारीका श्रीमान प्रहरीकाे नियन्त्रणमा

October 2, 2020 मा प्रकाशित

Advertisement

गौरादह १६, असोज / झापाको गौरादहमा हत्या गरिएकी मनमाया भण्डारीका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्या भएको तीन दिनपछि प्रहरीले हिजो वेलुका घरबाटै मनमायाका श्रीमान् भीम भण्डारीलाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका लागि भन्दै मृतककी श्रीमान भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटना भएदेखि नै प्रहरीले मनमायाका परिवारका सदस्यहरुलाई निगरानीमा राखेको छ । सोमबार गौरादह १ मा घरमै रहेका वेला भण्डारीको बिभत्स हत्या भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी हत्या गरिएको पाइएको थियोे । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले प्रहरीले विभिन्न कोणबाट अनुसन्धान जारी राखेको बताउँदै आफूहरु हत्यारा नजिक पुगिसकेको जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस