दमक पत्रकार मञ्चकाे अक्षयकोषमा १८ हजार जम्मा

October 2, 2020 मा प्रकाशित

Advertisement

दमक १६, असाेज / दमक पत्रकार मञ्च दमक झापाको पत्रकार अक्षयकोषमा रु १८ हजार १ सय ८६ रुपैयाँ जम्मा गरिएको छ ।

मञ्चका अध्यक्ष मनकुमार गदालबाट रु ३ हजार ,सामाजिक अभियान्ता सम्झना तामाङबाट रु ११ हजार १ सय ११ र अन्य संघ संस्थाबाट प्राप्त भएको रु ४ हजार ७५ गरी शुक्रबार एनआईसी एसिया बैंक दमकमा रु १८ हजार १ सय ८६ रुपैयाँ जम्मा गरिएको मञ्चका कार्यवाहक कोषाध्यक्ष धन बहादुर थेवेले जानकारी दिए ।

मञ्चको २०७७ जेठ ३२ गते बसेको बैठकले पत्रकार अक्षयकोष नाममा बैंक खाता खोल्ने निर्णय गरेको थियो । त्यसका लागी पत्रकार मञ्चका अध्यक्ष मनकुमार गदाल संयोजक,कार्यवाहक कोषाध्यक्ष धन बहादुर थेवे सदस्य ,कार्यसमिति सदस्य गीता ढुंगाना सदस्य रहेको समिति बनाइएको थियो ।

सोही अनुसार यहि असाेज १४ गते पत्रकार मञ्च दमकको ९पत्रकार अक्षयकोष ०३४४१५००३७१२१००२ नम्बरको खाता खोलिएको छ ।

आगामी केही बर्षमा रु ५ लाख रुपैयाँको अक्षयकोष बनाई त्यसबाट प्राप्त ब्याज रकमले यहाँ क्रियाशिल सञ्चारकर्मी तथा पत्रकारको हितमा काम गर्ने बताइएको छ ।

अक्षय कोषका लागि सानो विनियमावली तयारी समिति बनाएर प्रक्रियामा गई अक्षय कोष नियमावली पारित गरिने मञ्चका अध्यक्ष तथा अक्षयकोषका संयोजक मनकुमार गदालले बताए । गदालका अनुसार कसैको जन्मदिन विवाह ,व्रतबन्ध जस्ता उत्सवको अवसरमा पनि अक्षयकोषमा रकम जम्मा गर्न सकिनेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस