प्रेस क्लब मेचीनगरकाे पहिलाे बैठकमै महत्वपुर्ण दुईवटा निर्णय

October 2, 2020 मा प्रकाशित

Advertisement

काँकरभिट्टा १६, असाेज/   प्रेस क्लब मेचीनगरको पहिलो बैठक शुक्रबार सम्पन्न भएको छ । मेचीनगरका सञ्चारकर्मीहरुको छाता संगठनको रुपमा रहेको प्रेस क्लब तीन महिनाअघि तत्कालीन मेची बोर्डर जर्नालिष्ट एसोसिएशन र प्रेस क्लब मेचीनगरबीच एकीकरण भए पछि असोज १० मा भएको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको थियो ।

महेन्द्रद्वार सहकारी संस्थाको सभाकक्षमा क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीको सभापतित्वमा भएको बैठकले महत्वपूर्ण दुईवटा निर्णय गरेको छ । बैठकमा सिमीत विषयमा छलफल गर्र्ने र छलफलबाट पारित भएका निर्णयलाई तत्काल कार्यान्वयन गर्नका लागि पहल गर्ने क्लबले जनाएको छ । हतारमा निर्णय गर्ने अनि कार्यान्वयनमा निष्क्रीय बन्दा धेरै महत्वपूर्ण निर्णयहरु ओझेलमा पर्ने भएकाले बरु सिमीत प्रस्तावहरुमाथि घनिवुत छलफल गरेर निर्णयमा पुग्ने बताइएको छ ।

असोज १० गते सम्पन्न अधिवेशनका प्रमुख अतिथ १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, बिशिष्ट अतिथि १ नम्बर प्रदेश सांसद श्रीप्रसाद मैनाली, झापाका प्रमुख जिल्ला अधिकारी श्रवण तिम्सिना, मेचीनगर प्रमुख बिमल आचार्य, उपप्रमुख मिना उप्रेतीसहित विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि र अधिवेशनलाई सभ्य र भव्यरुपमा सम्पन्न गर्न अहमभूमिका निर्वाह गर्नु सञ्चारकर्मीलगायत सवैमा धन्यवाद ज्ञापन गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित भएको छ ।

यसैगरी, मेची बोर्डर जर्नालिस्ट एसोसिएसन र प्रेस क्लव मेचीनगर नामक दुई संस्थाको एकीकरण पश्चात बनेको प्रेस क्लब मेचीनगरको आवश्यक कागजातको अद्यवधिक गर्ने निर्णय वैठकले गरेको छ । यसका लागि अध्यक्ष लक्ष्मी उप्रेती, उपाध्यक्ष शिशिर चौलागाईँ र सचिव जि आर धिताललाई कार्य सम्पादनको जिम्मेवारी वैठकले प्रदान गरेको छ । उक्त कार्यलाई तत्काल निरन्तर दिने उपाध्यक्ष चौलागाईँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस