विवाहकाे पहिलाे वर्षगाँठमा कुसुमले गरिन् पत्रकारकाे अक्षयकाेषमा १० हजार सहयाेग

October 3, 2020 मा प्रकाशित

 

Advertisement

 

 

दमक १७,असोज /
पत्रकार मञ्च दमकले स्थापना गरेको पत्रकार अक्षयकोषमा मञ्चकी कोषाध्यक्ष कुसुम तामाङ्ग भट्टराईले विवाह वर्षगाँठको अवसरमा १० हजार ५५ रुपैयाँ सहयोग गर्नुभएको छ ।
मञ्चको कोषाध्यक्ष कुसुमले श्याम भटराईसंग प्रेम विवाह गरेको पहिलो वर्षगाँठको अवसरमा मञ्चले स्थापना गरेको पत्रकार अक्षयकोषमा सो रकम प्रदान गर्नुभएको हो । स्टार एफ.एम.दमकको कार्यकक्षमा पत्रकार मञ्च दमकका उपाध्यक्ष झगेन्द्र खड्काको उपस्थितिमा संस्थाका अध्यक्ष तथा अक्षयकोषका संयोजक मनकुमार गदाललाई कुसुमले नगद रकम हस्तान्तरण गर्नुभएको हाे । मञ्चका कोषाध्यक्ष तामाङ्ग भट्टराईले गत असोज १७ गते चलचित्र निर्देशक तथा अभिनेता श्याम भटराईसंग प्रेम विवाह गर्नुभएको थियो ।
प्रेम विवाह भएको पहिलो वर्षगाँठको अवसरमा फुजुल खर्च गरेर वर्षगाँठ मनाउनु भन्दा पत्रकारको हितको लागि आफुले रहेको अक्षयकोषमा रकम प्रदान गरेको पत्रकार मञ्च दमकको कोषाध्यक्ष कुसुम तामाङ्ग भटराईले बताउनुभयो । पत्रकार अक्षयकोष बृद्धिको शुभकामना ब्यक्त गर्दै पत्रकार,सञ्चारकर्मी साथै अन्य सहयोगी दाताहरुबाट जन्मदिन, विवाह वर्षगाँठ आदिको अवसरमा सबैले सहयोग गर्नुहुन कुसुमले अनुरोध गर्नु भएको छ । अक्षयकोषको नियमावली तयारीको लागि एक तयारी समिति बनाएर प्रक्रियामा गई अक्षयकोष नियामवली पारित गरिने मञ्चका उपाध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस