गाैरीगंज -६ खजुरगाछीमा अहिले भर्खरै करेन्ट लागेर दुधालु गाईकाे मृत्यु

October 5, 2020 मा प्रकाशित

 

Advertisement

गाैरीगंज १९, असाेज / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा करेन्ट लागेर दुहुने गाईकाे मृत्यु भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी घर भएका विष्णु बरालकाे करेन्ट लागेर आज साँझ करिब ५ बजे गाईकाे मृत्यु भएकाे हाे ।
विद्युतिय पाेलमा लगाईएकाे अर्थिङ्क तारबाट करेन्ट प्रवाह भएर छेउमा बाँधिराखेकाे गाईकाे शरिरले छुन पुग्दा करेन्ट लागेर गाईकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
दैनिक ३ लिटर दूध दिने गाईलाई गत विहिवार २० हजार रूपैयाँमा किनेर ल्याएकाे गाई धनी विष्णु बरालले बताएका छन् । मृतक गाईकाे स्थलगत मुचुल्का गाैरीगंज प्रहरीले उठाईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस