स्थानिय युवाहरूद्वारा बजार सरसफाई

October 11, 2020 मा प्रकाशित

Advertisement


गाैरीगंज २५, असाेज / यहाँका सामाजिक कार्यमा सक्रिय युवाहरूले गाैरीगंज बजार सरसफाई गरेका छन् ।
चाडपर्व नजिकैसंगै बजार क्षेत्रकाे वातावरण स्वस्थ्य र सफासुग्घर हाेस भन्ने उदेश्यले खजुरगाछी गाैरीगंज समाजसेवी युवा संघकाे अगुवाइमा युवाहरूले आज बजारक्षेत्र सरसफाइ गरेका हुन् ।
गाैरीगंज चाैकहुँदै हुलाकी मुलबाटाेसहित खजुरगाछी बजारमा गरिएकाे सरसफाइ कार्यक्रममा यहाँका संघ संस्थाहरूले पनि हातेमालो गरेका थिए ।
ईलाका प्रशासन कार्यालय गाैरीगंज, उद्योग वाणिज्य संघ गाैरीगंज, ईलाका प्रहरी कार्यालय गाैरीगंज , अस्थायी ट्राफिक प्रहरीलगायतका सरबारी तथा गैरसरकारी संघ संस्थाहरूले सहभागिता जनाएका थिए ।
सरसफाई कार्यक्रममा ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनन्ञ्य साह, गाैरीगंज गाउँपालिबम वार्ड नं. ३ का अध्यक्ष मखना महताे, उद्योग वाणिज्य संघ गाैरीगंजका सचिव श्रवण गिरी, ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रहरी निरीक्षक राकेश रेग्मी, अस्थायी ट्राफिक प्रहरी कार्यालयका ईन्चार्ज साजन कार्कीलगायतकाे सहभागिता थियाे ।
संस्थाका अध्यक्ष राेशन यादवकाे अध्यक्षतामा भएकाे सरसफाई कार्यक्रममा संस्थाका पदाधिकारीलगायत अन्य युवाहरूबाे सक्रिय सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस