गौरीगंज क्षेत्रमा दुई देशका सुरक्षा अधिकारीबीच ८ बुँदे सहमति

October 16, 2020 मा प्रकाशित

Advertisement

गौरीगंज ३०, असोज / नेपाल भारतको अन्तर्राष्ट्रिय सिमानासंग जोडिएको गौरीगंज क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् ।
नेपाल र भारतका सुरक्षा अधिकारी बीच बुधबार बसेको संयुक्त वैठकले अन्तर्राष्ट्रिय सिमानाको गौरीगंज क्षेत्रमा हुने आपराधिक गतिविधिलाई नियन्त्रण गर्न ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालतर्फबाट इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख धनन्ञ्जय साह, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरिक्षक राकेश रेग्मी, शस्त्र प्रहरी सीमा सुरक्षा बल गौरीगंजका प्रमुख विकास न्यौपाने र भारतका तर्फबाट एसएसबीका प्रहरी निरिक्षक दोर्जे तासी, एसएसबी फत्तेपुरका असई निताई चन्द्र घोसबीच सहमति भएको हो ।


अन्तर्राष्ट्रिय आपाराधिक गतिविधिलाई नियन्त्रण गनेर्, सीमाना सुरक्षाका लागि आवश्यक सुचना आदानप्रदान गर्ने, सीमानामा अप्ठ्यारोमा परेका दुई देशका नागरिकहरुलाई उद्वार गर्ने, सीमानामा हुने गैह्र कानुनी गतिविधिलाई संयुक्तरुपमा निरुत्साहित गर्ने, लागुऔषध तथा चेलीवेटी वेचविखनलाई नियन्त्रण गर्ने, दुई देशवीचको शान्ति सुरक्षालाई खल्बलाउने गतिविधिहरुलाई निरुत्साहित गर्ने, दुवै देशले कोभिड १९ महामारी विरुद्व सरकारले अपनाएको स्वास्थ्य मापदण्ड अनुसार नियम पालना गर्ने गराउने र दुवै देशका सिमाना क्षेत्रमा हुने महत्वपुर्ण विषयहरुमा समन्वय र सहयोग गर्नेलगायतका सहमति भएको इलाका प्रशासन कार्यालयका प्रमुख धनन्ञ्जय साहले जानकारी गराए ।  सिमाक्षेत्रमा दुवैदेशका सुरक्षा अधिकारीहरूले अनुगमनसमेत गरेका थिए । 

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस