गाैरीगंजका व्यापारीहरूले आफै बाटाे सम्याए

October 16, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज ३०, असाेज / हुलाकी सडक खण्डकाे गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा स्थानिय व्यवसायीहरूले बाटाे सम्याएका छन् ।
आउँदाे चाडपर्वका बेला बजार क्षेत्रमा बजार भर्नेकाे भीडभाड हुने भएकाेले आवागमनलाई सहज तुल्याउन व्यवसायीहरूले आफै रकम संकलन गरेर आज बाटाे सम्याएका हुन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीकाे गाैरीयाँ खाेला पुलदेखि पश्चिम वार्ड नं. ६ काे कार्यालयजाने माेडसम्म हुलाकी सडक खण्डमा माटाे सम्याएका हुन् ।
हुलाकी सडक निर्माणका लागि ठेक्का लिएकाे ठेकेदारले बाटाे निर्माणका लागि पहिलाे चरणकाे कार्य गराईरहेकाे बेला काेराेना भाईरसकाे महामारीका कारण गत चैत महिनादेखि बाटाे निर्माण कार्य राेकिएकाे छ ।
चाड पर्वका बेला मानिसहरूकाे भीडभाड क्षेत्र भएकाेले अावागमन सहज हाेस भनेर ठेकेदार कम्पनि, गाैरीगंज गाउँपालिका र वार्ड कार्यालयलाई बारम्बार बाटाे सम्याउन अनुराेध गरेपनि नसुनेपछि स्थानिय व्यावसायीहरूले रकम संकलन गरेर माटाे सम्याउने कार्य गरेकाे एक व्यवसायीले बताए ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस