गाैरीगंजका निजी विद्यालयलाई राहत स्वरूप गाउँपालिकाद्वारा ८ लाख वितरण

October 19, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज ३, कार्तिक / गाैरीगंज गाउँपालिका भित्र रहेका निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई राहतस्वरूप नगद रकम वितरण गरेकाे छ ।
काेराेना भाईरसकाे संक्रमण कारण चैत ११ गतेदेखि लगाईएकाे लकडाउनले बन्द रहेका निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई शिक्षा शाखा गाैरीगंजले राहत स्वरूप प्रतिव्यक्ति ३ हजारका दरले राहत स्वरूप अाईतबार नगद रकम वितरण गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका भरिका १७ वटा निजी विद्यालयका २६२ जना शिक्षक, कर्मचारी, चालक, सहचालकलाई राहत वितरण गरेकाे शिक्षा शाखाका अधिकृत सुशिल दाहालले जानकारी गराए ।
  कार्यालयले काेराेना भाईरसकाे संक्रमणका कारण लगाईएकाे चैत ११ गते देखि लडडाउनबाट नराम्राेसंग शिक्षा क्षेत्र पनि प्रभावित भएकाेले त्यस क्षेत्रकाे निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राहत वितरण गरिएकाे हाे । शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाले अाईतबार गाउँपालिकामै निजी विद्यालयका प्रिन्सिपलहरूलाई बाेलाई विद्यालयले उपलब्ध गराएकाे कार्यरत शिक्षक र कर्मचारी विवरण अनुसार एकमुष्ट प्रति ३ हजारका दरले नगद रकम हस्तान्तरण गरेका थिए । गाउँपालिकाले गत अार्थिक वर्षमा निजी विद्यालयका शिक्षक तथा कर्मचारीलाई राहतका लागि ८ लाख रूपैयाँ बजेट छुट्याएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस