गाैरीगंज -१ मा पार्टीका स्थानिय कमिटिहरूले दिएकाे राहत वितरण

October 22, 2020 मा प्रकाशित

 

Advertisement

गाैरीगंज ६, कार्तिक / गाैरीगंजमा पार्टीका स्थानिय समितिहरूले राहतस्वरूप दिएकाे रकमकाे खाद्यान्न विपन्न वर्गलाई वितरण गरिएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. १ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टीकाे गाउँ कमिटहरूले गाैरीगंज गाउँपालिका वार्ड नं. १ कार्यालयलाई विपन्न वर्गका लागि दिएकाे रकमकाे खाद्यान्न वार्ड कार्यालयले बुधबार वितरण गरेकाे हाे ।
गाैरीगंज -१ भित्रका २६ जना विपन्न परिवारलाई ३० केजी चामल, १ लि. तेल, १ केजी नुन, १ केजी दाल वितरण गरेकाे वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।
काेभिड १९ काे महामारीका कारण प्रभावित विपन्न वर्गलाई राहत मिलाेस भन्ने उद्देश्यले गाैरीगंज -१ नेपाली कांग्रेस गाउँ समितिले ४० हजार र नेपाल कम्युनिस्ट पार्टी गाउँ कमिटिले १७ हजार रकम वार्ड कार्यालयलाई हस्तान्तरण गरेकाे थियाे ।

 

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस