पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाललाई पितृशोक

बिर्तामोड ९ , कात्तिक  / पूर्वाञ्चल दैनिकका डेक्स सम्पादक लक्ष्मण ढकाललाई पितृशोक परेको छ ।
 ढकालका पिता झापा विर्तामोड –५ निवासी समाजसेवी पर्शुराम ढकालको ९९ वर्षको उमेरमा कात्तिक ९ गते आइतवार  विहान १० :१५ मा स्वर्गारोहण भएको हो ।
  स्व. ढकालका छ जना छोरा , एक जना छोरी ,सात जना नाती, १३ जना नातीनि , तीन जना पनाती , पाँच जना पनातीनि रहेका छन् । स्व. ढकालका छोरा – वुहारीहरुमा स्व.मदन – सावित्रा ,  मोहन –शिला , लक्ष्मण –दुर्गा ,  स्व.भरत – भगवति ,अरुण –स्व.विमला र सुरेश – तारा ढकाल रहेका छन् । त्यस्तै एक जना छोरी –ज्वाईं दुर्गा –भिष्म आचार्य रहेका छन् ।
    स्व. ढकालका छोराहरुमध्ये मदन झापाका अग्रज पत्रकार हुन् भने उनी पूर्वाञ्चल दैनिकका तत्कालिन प्रधानसम्पादक हुन् । स्व. मदनको २०७४ साल मंसीर २३ गते स्वर्गारोहण भएको थियो ।
त्यस्तै मोहन विर्तामोड उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लगायत विभिन्न संस्थामा आवद्ध छन् भने वुहारी शिला वीरता लेडी जेसीजकी आजीवन सदस्य हुन् ।
  त्यस्तै सुरेश सजिलो वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हुन् भने वुहारी तारा सृजनशील वचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक हुन् ।  
  झापाका समाजसेवी ढकालप्रति पूर्वाञ्चल दैनिक परिवारले भावपूर्ण श्रृद्धाञ्जलि अपर्ण गरेको  छ । पूर्वाञ्चल दैनिकका प्रकाशक भरतलाल गिरी, प्रधान सम्पादक एकराज गिरी, व्यवस्थापक चन्द्रकान्त ढकालसहित पूर्वाञ्चल दैनिक परिवारले शोकाकुल  ढकाल परिवारजनप्रति धैर्य धारणा गर्ने शक्ति प्राप्त होस् भनी समवेदना ब्यक्त गरेका छन् ।


यो पनि पढौँ

दमक मालपाेत कार्यालयमा पत्रकार घिमिरेमाथि हातपात

गाैरीगंजमा १५ शैय्याकाे अस्पताल शिलान्यास, २ वर्षमा निर्माण कार्य सम्पन्न हुने मन्त्री कार्कीकाे भनाई

राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार पदमुक्त

आदिवासी जनजातिको भाषा–लिपिको संरक्षण र विकासका लागि सरकारसंग माग

बाह्रदशीमा विपद् व्यवस्थापन ऐन र कार्यविधि तयार