गाैरीगंजमा पहिलाे पटक जनप्रतिनिधिलाई काेराेना संक्रमण

October 28, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज १२, कार्तिक / गाैरीगंजमा पहिलाे पटक जनप्रतिनिधिलाई काेराेना संक्रमण भएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. २ का वडा अध्यक्ष र एक वडा सदस्यलाई काेराेना संक्रमण भएकाे हाे ।
उनीहरू अहिले हाेम आईसाेलेसनमा बसेका छन् ।  उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य छ । 
गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी घर भएका एक कर्मचारीलाई काेराेना संक्रमण भएकाे पुष्टि भएपछि असाेज १९ गते उनकाे सम्पर्कमा अाएका र कन्ट्रयाक ट्रेसिङ्ग गराएकासहित ७१ जनाकाे पीसीआर परिक्षणका लागि स्वाव लिईएकाे थियाे । त्यसमा वडा अध्यक्ष, सदस्यसहित १८ जना गाउँपालिकाका कर्मचारी र सर्वसाधारणको स्वाव लिईएकाे थियाे । त्यसकाे करिब १९ दिन पछि ७१ जना मध्ये ९ जनाकाे पीसीआर रिपाेर्ट पाेजिटिभ आएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । ९ जना मध्येमा पनि वार्ड अध्यक्षसहित ७ जना वार्ड नं. २ कै छन् ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस