काेराेना महामारीका बीच विहारमा मतदान

October 28, 2020 मा प्रकाशित

 

Advertisement

गाैरीगंज १२, कार्तिक / कोरोना महामारीका बाबजुद भारतको बिहारमा विधानसभाका लागि आज पहिलो चरणको मतदान जारी छ ।

मतदान तीन चरणमा हुने छ । आज पहिलो चरणमा १६ जिल्लाका ७१ सिटमा मतदान भइरहेको हो । ९५२ पुरुष र ११४ महिला गरी १ हजार ६६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
दोस्रो चरणको मतदान ३ नोभेम्बरमा र तेस्रो चरणको मतदान ७ नोभेम्बरमा हुने निर्वाचन तालिका छ । निर्वाचनको नतिजा १० नोभेम्बरमा सार्वजनिक हुने छ ।

सबैभन्दा धेरै २७ उम्मेदवार गया टाउनमा छन् भने सबैभन्दा कम ५ उम्मेदवार कटोरियाबाट चुनाव लडेका छन् ।

पहिलो चरणको निर्वाचनमा राष्ट्रिय जनता दल (राजद)ले सबैभन्दा धेरै ४२ सिटमा उम्मेदवारी दिएको छ । यसैगरी लोक जनशक्ति पार्टी (लोजपा) ले ४१, राष्ट्रिय लोक समता पार्टी (रालोसपा) ४०, भारतीय जनता पार्टी (भाजपा) २९ सिटमा चुनाव लडेका छन् । भाजपाको सहयोगी एवम् नितिश कुमार नेतृत्वको पार्टी जनता दल युनाइटेड (जेडीयु) ३५ सिटमा चुनाव लडेको छ ।

३५ सिटमा कांग्रेस र ८ सिटमा कम्युनिस्टका उम्मेदवार चुनावी मैदानमा छन् ।

जितन राम माझीको हम–एस ६ सिटमा र मुकेश सहनीको वीआईपी एक सिटमा चुनाव लडेका छन् । मतदाता २ करोड १४ लाख रहेकाे भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस