गाैरीगंजमा एक जना काेराेना संक्रमितकाे मृत्यु

October 31, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज १५, कार्तिक / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने एक जना काेराेना संक्रमितकाे आज विहान मृत्यु भएकाे छ ।
दम र मुटु सम्बन्धि राेगबाट पिडित ७१ बर्षिय हेमसागर अधिकारीकाे उपचारकाक्रममा धरान स्थित विपी काेभिड अस्पतालमा मृत्यु भएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् ।
गत कार्तिक १ गते उनकाे पीसीआर रिपाेर्ट पाेजिटिभ अाएकाे थियाे । काेराेना पाेजिटिभ देखिएपछि उपचारकालागि विराटनगर स्थित नाेवेल अस्पताल लगिएकाे थियाे । त्यहाँ खर्चिलाे उपचार भएपछि ३/४ दिन राखेर गाैरीगंज काेभिड अस्पताल मै ल्याईएकाे थियाे । कार्तिक ७ गते थप उपचारका लागि धरान लगिएकाे थियाे । धरानमा एक दिन नर्मल वेडमा राखेर उपचार सम्भव नभएपछि भेन्टिलेटरमा राखेर उपचार गराईरहेकाे स्वास्थ्य शाखा प्रमुख मिश्रले बताए । मृतक अधिकारीकाे शव दाहसंस्कारका लागि कन्काई लाने कुरा भईरहेकाे जनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस