गाैरीगंजकी एक महिलाद्वारा जवरजस्ती करणी गरेकाे उजुरी, आराेपित फरार

November 1, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज १६, कार्तिक / गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछीकी एक महिलाले जवरजस्ती करणी गरेकाे किटानी जाहेरी दिएकी छन् ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गाैरीगंज चाैक दक्षिण ताजपुरिया फार्मेसी सञ्चालन गर्दै आएका अन्दाजी वर्ष ५० का पर्शुराम ताजपुरियामाथि किटानी जाहेरी दिएकी हुन् । हाल उनी सम्पर्कविहिन छन् । उनी गाैरीगंज गाउँपालिका वार्ड नं. ४ कदमगाछीका बासिन्दा हुन् ।
असाेज १९ गते कानकाे उपचार गर्न गएकी अन्दाजी ४० बर्षिय ती पिडित महिलालाई चेक जाँच गर्ने क्रममा याेनाङ्गमा हात हाली जवरजस्ती करणी गरेकाे उजुरिमा उल्लेख गरिएकाे छ ।
घटना असाेज १९ गते घटे पनि ईलाका प्रहरी कार्यालय गाैरीगंजमा कार्तिक ८ गते मात्र घटना दर्ता भएकाे थियाे ।
पिडक ताजपुरियाले त्यस्ताे कुनै किसिमकाे ती महिलामाथि दुर्व्यवहार नगरेकाे भन्दै अाएका थिए । मिलापत्र गर्ने भन्दै वार्ड नं. ४ मा छलफलसमेत भएकाे थियाे ।

ईलाका प्रहरी कार्यालय गाैरीगंजले अदालतबाट पक्राउ अादेश लिईसकेकाे छ । पिडक ताजपुरियालाई पक्राउ गर्न ईलाका प्रहरी कार्यालय गाैरीगंजले खाेजी कार्य गरिरहेकाे जनाएकाे छ ।
पिडित ती महिलालाई चाैतर्फीरूपमा पिडक ताजपुरियासंग मिलापत्र गरि उजुरी फिर्ता लिनु भनी दबाब अाईरहेकाे पिडित ती महिलाकाे परिवारले बताएका छन् ।
यसै विषयमा आज राष्ट्रिय  महिला सशक्तीकरण गाैरीगंजकाे बैठक बस्दै छ । बैठकमा पिडक ताजपुरियालाई न्यायकाे कठघारामा उभ्याउने र ती पिडित महिलालाई न्याय दिलाउनका लागि अान्दाेनलकाे तयारीसमेत हुने जनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस