धिमाल जातीय विकास केन्द्रको महाधिवेशन प्रभावित, सल्लाहकारहरुप्रति नेतृत्वको आपत्ति

November 4, 2020 मा प्रकाशित

 

Advertisement

 


दमक १९, कार्ततिक /धिमाल जातीय विकास केन्दको केन्द्रिय महाधिवेशन कोरोना संक्रमणका कारण प्रभावित भएको छ । केन्द्रले आज दमकमा पत्रकार सम्मेलन गरी कार्तिक १३, १४ र १५ गते दमकको रोयल पार्टी प्यालेसमा गर्ने तय भएको केन्द्रिय महाधिवेशन कोरोना संक्रमणका कारण स्थगित भएको जनाएको हो ।
संस्थाका अध्यक्ष तेजबहादुर धिमालले अहिलेको बिषम परिस्थितिमा महाधिवेशनको अन्तीम तयारी हुदा हुदै पनि सुरक्षाकर्मी र सहभागि हुनुपर्ने प्रतिनिधिहरुकै आग्रहलाई मध्यनजर गर्दै अर्को निर्णय नभए सम्मका लागि महाधिवेशन स्थगित गर्नुपरेको बताए ।
सो पार्टी प्यालेसमा महाधिवेशनका लागि कतिपय सहभागि प्रतिनिधिहरु आउदै गर्दा सहभागिको संख्या २५ भन्दा धेरै भएको सूचना स्थानीय प्रहरी प्रशासनमा पुगेपछि औपचारिक रुपमै महाधिवेशन स्थगित गर्नुपरेको उनको भनाई छ । महाधिवेशन स्थगित भएपछि संस्थाका सल्लाहकारहरुको एक समुहले आफनो नेतृत्वको कार्य समितिलाई असक्षम र अयोग्यको बिल्ला भिराउने प्रयास गरेको प्रति भने संस्थाका नेतृत्वकर्ताहरुले आपत्ति जनाएका छन । परिस्थितिको गाम्भिर्यतालाई नबुझि सल्लाहकारहरुले जुन कदम चाल्नु भएको छ त्यो दुखद बिषय हो – केन्द्रका महासचिव केदार धिमालले भने ।
केन्द्रय सल्लाहकारहरु ५ जनाको नाम नै किटेर सो संस्थाले २०५३ सालमा जस्तै संस्थालाई निकम्मा बनाउन खोजिएको पत्रकार सम्मेलनमा आरोप लगाइएको छ । २०७३ सालमा विर्तामोडमा भएको संस्थाको महाधिवेशनबाट ३ बर्षका लागि निर्वाचित गरेको आफूहरुसहितको कार्यसमिति भंग भई महाधिवेशन आयोजक समिति समेत गठन भइसकेको अवस्थामा कार्यसमिति माथि असक्षमता र अयोग्यताको बिल्ला भिराइनु खेदजनक भएको महासचिव केदार धिमालले बताए ।
सो संस्थाको महाधिवेशनका लागि विधान अनुसार झापासहित चार जिल्लामा रहेका १०३ टोलका करिब ४ सय प्रतिनिधिहरु सहभागी हुनुपर्नेमा अहिले २५ जना भन्दा बढी संख्यामा मानिसहरु भेला भएर गरिने काम कार्यक्रमहरुमा प्रशासनद्धारा रोक लगाइएको कारण महाधिवेशन गर्न असम्भव हुने जिकिर नेतृत्वकर्ताहरुको छ । केन्द्रका नेतृत्वले यथाशक्य छिटो अहिलेका मुख्य चाडपर्वहरु मनाई सकेपछि महाधिवेशन मूल आयोजक समितिको बैठक बसेर समस्याका बिषयमा छलफल गर्ने र महाधिवेशनको प्रकृया चलाइने पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस