हुक्काहुक्की घरघरमै मनाउँदै

November 14, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज २९, कार्तिक /
शुभ दिपावलीको अवसरमा आज शनिवार पूर्वी नेपालका आदिवासी समुदायले धुमधामसंग हुक्काहुक्की पर्व मनाउँदैछन् । अघिल्लाे वर्षसम्म सामुहिक रूपमा मनाउदै अाएकाे हुक्काहुक्की खेल यस बर्ष भने काेराेना महामारीका कारण घरघरमै मनाउने भएका हुन् ।

तराईका आदिवासी समुदायले परम्परागत रुपमा मनाउदै आएको हुक्काहुक्की खेल दादो दादी भनेर हजुरबा हजुरआमालाई सम्झिदै छन् ।
हर्साेल्लासका साथ मनाइने गरेको हुक्काहुक्की मनाउन पूर्वका राजवंशी, ताजपुरिया,गन्गाई , माझी, थारू समुदायमा त्यस किसिमको सांस्कृतिक खेलहरु खेल्दैछन् । दादो दादी हुक्का दे भन्दै सुन्ठीमा आगो बालेर आकाशतिर फाल्ने खेल हुक्का हुक्की विशेेेेषतः लक्ष्मीपूजाको दिन साँझमा खेल्ने गरिन्छ ।
दिवंगत हजुरबुबा, हजुरआमा वा जोसुकै पितृहरुलाई ‘हामीले तिमीलाई सम्झिएका छौं हामीलाई आशीर्वाद देउ’ भनी आशीर्वाद माग्दै हुक्काहुक्की खेल्ने परम्परा रहेको युवा समाजसेवी गंगा राजवंशी बताउँछन । लक्ष्मी पूजाको विहानै आ–आफ्नो धान खेतमा गई ‘ लोकेर धान आउल बाउल हामार धान दुधेर चाउल, लोकेर धान हेकाबेका हामार धान दुधेर टेका सोरा…. सोरा’ ( अरु भन्दा हाम्रो धान राम्रो फलोस, अरुको धान भन्दा हाम्रो धान दुधको जस्तो होस) भन्दै आर्शिवाद माग्ने गर्छन् । खेतबाट इलुवा (एकप्रकारको घाँस) घरमा ल्याएर सुन्ठीलाई बाधेर हुक्का बनाउँछन् । घरको देवता र महाराजथानमा हुक्का चडाएर देवतासँग घरका सबै सदस्यलाई वर्षभरि निरोगी र सुख सयलमा राख्नु भन्दै आर्शिवाद लिने चलन छ ।
साँझपख सामुहिकरुपमा हुक्कामा आगो सल्काएर हुक्का हुक्की खेल खेल्ने गछर्न । हुक्का हुक्की खेल खेलिसकेपछि मान्यजनहरुबाट आर्शिवाद लिई प्रसादको रुपमा पिठ्ठ (चामलको पिठोले बनाएको एक परिकार ) खाने चलन रहेको छ ।

आदीवासी जनजाती महासंघ गाैरीगंजका अध्यक्ष समेत रहेका राजवंशीले हुक्काहुकी खेल आदिवासी समुदायमा विशेष महत्व रहेको बताउँछन् । आदिवासी समुदाय बसोवास रहेको स्थानमा हुक्काहुकी खेल परापूर्वदेखि खेल्दै आएको उनले बताए । तर समयको परिवर्तनसँगै सांस्कृतिक महत्व बोकेको हुकाहुकी पर्व सुन्ठीको अभाव र युवापुस्तामा पर्वबारे जागरुकताको कमीले दिनानुदिन लोप हुदै गएको छ ।

झापा र माेरङ्गका विभिन्न स्थानमा सामुहिकरूपमा हुक्काहुक्की खेल विभिन्न संघ संस्थाहरूले सामुहिकरूपमा आयाेजना गरिदै मनाउदै अाएकाे हुक्काहुक्की खेल यस वर्ष भने काेराेना महामारीका कारण त्यस किसिमकाे कार्यक्रम नराखिएकाे जनाईएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस