हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास

November 17, 2020 मा प्रकाशित

 

Advertisement

भद्रपुर २ , मंसिर / कचनकवलको बनियानी चोकलाई आदिबासीहरुले हुकाहुकी चोक नामाकरण गरेरै छोडेका छन् ।

केही व्यक्तिले हुकाहुकी चोक नामाकरणलाई लिएर विरोध गरिरहेका बेला त्यही ठाउँमा हुकाहुकी चोकको नामाकरणसहित हुकाहुकी स्तम्भको शिलान्यास गरिएको हो । करिव ९ महिनाअघि स्थानीय आदिबासी समुदायले बनियानी चोकलाई हुकाहुकी चोक नामाकरण गर्दै त्यहाँ साइनबोर्ड राखेका थिए । तर, त्यसको विरोध गर्दै केही गैर आदिबासीहरुले छेउमै बनियानी चोक भनेर अर्को बोर्ड राखेका थिए । जसबाट विवाद उत्पन्न भएको थियो । आदिवासी जनजाति मंचको संयोजकत्वमा बृहत् मोटरसाइकल र्याली गरी बिधिवत रूपमा हुकाहुकी स्तम्भको शिलान्यास गरिएको हो ।

नेपाल आदिवासी जनजाती मंचका कचनकवल गाउँपालिकाका अध्यक्ष कर्णबहादुर राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव नित्यानन्द ताजपुरिया रहेका थिए । कार्यक्रममा बहुल राष्ट्रिय मोर्चा संयोजक तथा संघीय लिम्बुवान पार्टी अध्यक्ष सन्जुहाङ पालुङ्वा, कचनकवल गाउँपालिका उपाध्यक्ष निमसरी राजबंशी, नेकपा प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ३ इन्चार्ज पुष्प पोखरेल, नेकपा प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ३ सह—इन्चार्ज डिल्ली घिमिरे( हिक्मत), कोचिला एकता मोर्चा संयोजक दिनेशचन्द्र राजबंशी, कोच समुदायका अगुवा तुलाराम राजबंशी, गनगाइ कल्याण परिषदका बरिष्ठ उपाध्यक्ष सन्तोषकुमार गणेश , कोचिला गाभुर फ्रन्ट अध्यक्ष अभय राजबंशी, राजबंशी समाज विकास समिति कचनकवल अध्यक्ष रतनलाल राजवंशी , सचिव कनकप्रसाद राजबंशीलगायतको उपस्थितिमा हुकाहुकी स्तम्भको शिलान्यास गरिएको हो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ केन्द्रिय महासचिव ताजपुरिया, बहुल राष्ट्रिय मोर्चा संयोजक तथा लिम्बुवान पार्टी अध्यक्ष पालुङ्गवा, नेकपाका डिल्ली घिमिरे ( हिक्मत), गनगाई कल्याण परिषदका सन्तोषकुमार गणेश,मनोरथ राजबंशी, मोतिलाल राजबंशी, फुलचन्द्र गणेशलगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस