गाैरादहका पत्रकार खड्कालाई पितृ शाेक

November 19, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज ४, मंसिर / दमक पत्रकार मञ्चका उपाध्यक्ष तथा पत्रकार झगेन्द्र खड्कालाई पितृ शाेक परेकाे छ ।
उनका बुवा ८१ वर्षिय टेकबहादुर खड्काकाे आज दिउसाे करिब ३:१५ बजे गाैरादह नगरपालिका वार्ड नं. २ दहलु वस्ति स्थित निजि निवासमा निधन भएकाे छ ।
निमाेनिय राेगबाट थला परेका स्व. खड्कालाई परिवारले ३ दिन अघि दमकस्थित आम्दा अस्पताल र लाईफ लाईन अस्पतालमा उपचार गराएका थिए । उनका एक श्रीमति टुकमाया खड्का छन् ।
गाैरादह नगरपालिका वार्ड नं. ८ स्थित अरूणाेदय प्राविका प्रअ झगेन्द्र खड्कासहित चार छाेरा बुहारी र दुई छाेरी  छन् । स्व खड्काका छाेरा बुहारीहरू भत्त बहादुर र चन्द्रमाया, झगेन्द्र र सुशिला, यज्ञ बहादुर र कमला , रामकृष्ण र रेनुका खड्का छन् ।

भोलि मंसिर ५ गते बिहान ८:३० बजे स्थानीय किश्ने घाटमा उनकाे अन्त्येष्ति गरिने परिवारले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस