श्रीमतीलाई हत्या गर्ने अभियाेगमा भण्डारी जेल चलान

November 19, 2020 मा प्रकाशित

Advertisement

भद्रपुर ४, मंसिर / श्रीमतीलाई हत्या गर्ने अभियाेगमा झापा कमल गाउँपालिकाका ६४ वर्षिय भीम भण्डारीलाई जेल चलान गरिएको छ ।

झापा जिल्ला अदालतको उनलाई पुर्पक्षका लागि झापा कारागार पठाइएको हो । उनलाई घटना भएको तीन दिनपछि प्रहरीले पक्राउ गरेको थियो । भण्डारीकी श्रीमती मनमाया भण्डारीको गत असोज १२ मा गौरादहमा हत्या भएको थियो । हत्या भएको तीन दिनपछि प्रहरीले घरबाटै मनमायाका श्रीमान् भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।
गौरादह १ मा घरमै रहेका वेला मनमायाको बिभत्स हत्या भएको थियोे । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरी उनको हत्या गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस