काेराेनाबाट गाैरादहका एक वृद्वकाेे मृत्युु

November 20, 2020 मा प्रकाशित

Advertisement

झापा५, मंसिर / झापामा आज बिहान थप एकजन कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गौरादहका बृद्ध छन् । गौरादह नगरपालिका ८ का ७२ वर्षिय शेषलाल राजवंशीको बिहान ९ बजेतिर नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो आएपछि उनलाई मंसिर ३ गते विराटनगर लगिएको थियो । ती बृद्धको हिजो पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । मृतकको लाशलाई विराटनगरबाट ल्याएर गौरादह ८ स्थित गेउरिया खोलामा अन्त्येष्टि गर्ने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताए । गौरादकै अर्का बृद्धको पनि हिजो बेलुका नोवेल हस्पिटलमा मृत्यु भएको छ । कोरोनासँग लक्षण मिल्ने गौरादह ७ का ७५ वर्षिय बृद्धको मृत्यु भएको हो । मृत्यु हुनुभन्दा अगाडि उनको पिसिआर परीक्षण गरिएकोमा रिपोर्ट आउन बाँकी रहेको र लाशलाई हस्पिटलमै राखिएको श्रेष्ठले बताए । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या गौरादहमा ११ र जिल्लामा ९२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस