गाैरीगंजमा सामुहिकरूपमै छठ पूजा

November 20, 2020 मा प्रकाशित

Advertisement

गौरीगंज ५ , मंसिर / झापा जिल्लाका विभिन्न स्थानमा अधिकांशले यस बर्ष घर – आँगनमा कुण्ड बनाई अस्ताउदाे सुर्यलाई  आज साझ अर्घ दिई पूजाआजा गरेका छन् ।
काेराेना भाइरसकाे संक्रमणलाई फैलिन नदिन जिल्ला प्रशासन कार्यालय झापाले छठ पर्व घरमै मनाउन अनुराेध गरेपनि गाैरीगंजमा भने अघिल्ला वर्ष झै सामुहिक पूजाअाजा गरि छठ पर्व मनाएका हुन् ।
अघिल्ला वर्ष झै गेउरिया खाेलाकाे दुबै किनारमा सिंगारिएकाे छ भने विजुली वती टांगेर झकिझकाउ पारिएकाे छ ।

खोला, ताल पोखरी, नदीमा गई स्नान गर्दा संक्रमण फैलिन सक्ने भएको हुँदा जलाशयमा पण्डाल बनाई पूजाआजा गर्ने कार्य नगर्न भन्दै प्रशासनले सूचना जारी गरेको थियो । तर, त्यसलाई अवज्ञा गर्दै गौरीगंजमा सामूहिक छठ पूजाको आयोजना गरिएको छ ।
जिल्लाका मेची, निन्दा, हडिया, बिरीङ, देउनियाँ, कमल, कनकाई, अधुवा, माई , रतुवा लगायतका नदी तथा खोलाहरू सुनसान देखिएपनि गौरीगञ्ज बजार छेउको गेउरिया खोला सजिसजाउ गरिएको छ । त्यहाँ  ७० भन्दा बढी घाट निर्माण गरिएका छन् ।

गाैरीगंजमा स्थानिय हाट बजार लाग्न दिने, दशैं तिहार र टीका लाउन दिने तर आफुहरूले सामुहिक छठ पूजा किन नमाउन पाउने भन्ने उनीहरूकाे तर्क थियाे ।

वर्षमा एक पटक आउने पर्व भएकाले कोरोना कहरका बीच पनि सामाजिक दुरी कायम गरेर पर्व मनाउने तयारी गरिएको भनिए पनि अघिल्ला वर्ष झै भीडभाड र सामुहिकरूपमै पूजाआजा गरिएकाे थियाे ।
धार्मिक आस्थासँग जोडिएकाले स्थानीय तह र प्रहरी प्रशासनले पनि कुनै अवरोध गरेका थिएनन् । उनीहरूले भीडभाड नगरी सामाजिक दुरी कायम गरि पुजाअाजा गर्न भने विहानैदिख स्थानियहरूलाई भन्दै आएका थिए ।

नदी तथा खोलाको किनारबाटै अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अघ्र्य दिने धार्मिक परम्परा रहेको छ । अन्य पालिकामा भने संक्रमणका कारण ब्रतालु परिवारजनले घर आँगनमै खाल्डो तथा कुण्ठ बनाएर छठ पूजा मनाएका छन् ।
भत्तजनहरूले अस्ताउँदो सूर्यलाई आज साँझ अघ्र्य दिई पूजाअाजा गरेका छन् भने भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस