स्थानिय तहले पालिकाभित्रका उत्कृष्ट एक जना उद्यमीलाई सम्मान गर्ने

November 23, 2020 मा प्रकाशित

Advertisement

काठमाडौं ७, मंसिर / सरकारले आफ्नो पालिकाभित्र उत्कृष्ट उद्यम गर्ने एक जना उद्योगीलाई सम्मान गर्न स्थानीय तहलाई परिपत्र गरेको छ ।

छैटौं उद्योग दिवस सबै (७५३) वटै स्थानीय तहमा मनाउन र आफ्नो पालिका भित्र उत्कृष्ट उद्यम गर्नेलाई सम्मान गर्न संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र गरेको हो ।

उद्योग दिवश मनाउन र आफ्नो क्षेत्रको उत्कृष्ट उद्यमीलाई प्रोत्साहन स्वरुप सम्मान गर्न आग्रह भएको मन्त्रालयले जनाएको छ ।

उद्योग र रोजगारः समृद्धिको आधार भन्ने नाराकासाथ मंसिर ९ गते सरकारले छैटौं उद्योग दिवश मनाउँदै छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कात्तिक २५ गते दिवस मनाउने निर्णय गरेको थियो ।

उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्न देशै भरका स्थानीय  तहमार्फत सम्मान गर्न थालिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस