बाह्रदशीमा विपद् व्यवस्थापन ऐन र कार्यविधि तयार

November 28, 2020 मा प्रकाशित

Advertisement

बाह्रदशी१३, मंसीर /
 झापाको बाह्रदशी गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र कार्यविधि तयार भएको छ ।
संवाद समूह झापा र नेपाल रेडक्रस सोसाइटीको सहजीकरणमा उक्त ऐन र कार्यविधि तयार भएको हो । विभिन्न चरणमा छलफल प्रक्रियाद्वारा ऐन र कार्यविधि तयार गरी आज शुक्रबार  गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
नेकपा झापाका सचिव मणिकुमार साम्पाङ (विजय) र रेडक्रस बाह्रदशीका सभापति दयानन्द गोश्वामीले ऐन र कार्यविधिको प्रति प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाईंलाई हस्तान्तरण गरे । उक्त ऐन र कार्यविधिलाई विधायक समिति हुँदै गाउँपालिकाको बोर्ड बैठकले निर्णय गरी गाउँ सभाबाट पारित भएपछि कानूनको रुपमा लागू हुनेछ ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईले प्रक्रिया पूरा गरी ऐन र कार्यविधि कार्यान्वयनमा तत्काल अघि बढ्ने बताए । नेकपा झापाका सचिव विजयले पालिकाहरुबीचमा असल अभ्यास आदानप्रदान र अनुशरण हुनुपर्नेमा जोड दिए । स्थानीय सरकारको कामलाई सहज बनाउन संवाद समूह र रेडक्रसले सहजीकरण र सहयोग गरेकोमा उनले धन्यवाद दिए ।
बाह्रदशी–५ का वडाध्यक्ष तथा विधायन समिति संयोजक भुपेन्द्र कटुवाल लगायतले विविध सुझाव राखेका थिए । अधिवक्ता खगेन्द्र खरेलले सहजीकरण गरेको छलफलमा वडा नं. ४ का वडाध्यक्ष समिम मिया, शिक्षा अधिकृत ज्ञानबहादुर पौडेल, योजना अधिकृत तेजप्रसाद रेग्मी, नायक सुब्बा मिनबहादुर कार्की, इ.नारायणप्रसाद खरेल लगायतको सहभागिता रहेको थियो ।
उक्त ऐन र कार्यविधि लागू भएपछि विपद् व्यवस्थापनमा सहजता आउने बताइएको छ ।

झापा गाउँपालिकामा यसअघि नै सो ऐन र कार्यविधि निर्माण भइसकेको छ भने कनकाई नगरपालिकामा निर्माण प्रक्रिया शुरु भएको छ ।
अधिकांश स्थानीय सरकारले कार्य व्यस्तता, विज्ञ जनशक्ति अभावमा कतिपय कानून बनाउन र लागू गर्न सकेका छैनन् । केही पालिकामा संवाद समूह र रेडक्रसले कानून बनाउन सहजीकरण गरिरहेका छन् । जिल्लाको सबै पालिकामा शिक्षा, स्वास्थ्य, विपद् जस्ता आधारभूत र अत्यावश्यक विषयका कानून बनाउदा एकरुपता हुनुपर्ने सुझाव समेत आएका छन्

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस