राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार पदमुक्त

November 29, 2020 मा प्रकाशित

 

Advertisement

गाैरीगंज १४,  मंसिर  । जातीय संस्थाको हितविपरित कार्य गर्ने राजवंशी समाज विकास समिति झापाका अध्यक्ष पुकारचन्द्र सिंह राजवंशीलाई पदमुक्त गरिएको छ ।

संस्थाको हितविपरित अहित हुने कार्य गरेको भन्दै राजवंशी समाज विकास समिति केन्द्रिय कार्यालयले उनलाई पदमुक्त गरेको हो । २०७६ पौष महिनाको ४ , ५ र ६ गते राजवंशी समाज विकास समितिको स्थापना दिवस मनाउने क्रममा उनले आफ्नो दायित्व बिर्सेर केन्द्रीय कार्य समिति र केन्द्रीय अध्यक्ष भीमराज चौधरी राजवंशीलाई सामाजिक संजालमार्फत अमर्यादित शब्द प्रयोग गरेका थिए । त्यससम्बन्धमा बुझ्न केन्द्रीय समितिले उनलाई तीनपटक पत्र पठाएको थियो । २०७६ पौष १० , २०७६ माघ २१ र २०७६ माघ २५ गते उनलाई स्पष्टीकरणका लागि केन्द्रीय समितिले पत्र पठाएको थियो । जुन पत्र जिल्ला सचिव मुनीलाल राजवंशीले बुझेका थिए । सो पत्र पुकारले बुझिसकेर सचिव मुनीलालमार्फत स्पष्टीकरणका लागि जाने बताइसक्दा ११ महिनासम्म अटेर गरी नगएपछि उनलाई पदबाट मुक्त गरिएको केन्द्रीय अध्यक्ष भीमराज चौधरी राजवंशीले बताए ।

संस्थाको २०७६ फागुन ३ गते गौरीगञ्जमा बसेको बैठकले एक ब्यक्तिका कारण सिंगो झापा जिल्लालाई अकर्मण्यताको शिकार बन्न दिनु हुन्न भन्ने ठहर गर्दै उनलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । संस्थाको विधानको धारा २८ को ४(त) बमोजिम उनलाई पदमुक्त गरिएको केन्द्रीय अध्यक्षले स्पष्ट पारेका छन् । पदमुक्त गरिएको निर्णयको बोद्धार्थ जिल्ला प्रशासन कार्यालय झापा र राजवंशी समाज विकास समिति झापालाई दिइएको छ । पत्रमा अब उप्रान्त सो हैसियतमा कुनै कार्य नगर्न पुकारलाई सचेत गराइएको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस