महताे समाज गाैरीगंजद्वारा रत्तदान कार्यक्रम

December 3, 2020 मा प्रकाशित

Advertisement

गाैरीगंज १९, मंसिर / नेपाल महताे समाज कल्याण परिषद केन्द्र समिति गाैरीगंजले विहिवार रत्तदान कार्यक्रम गरेकाे छ ।
हरेक वर्ष गर्दै अाएकाे रत्तदान कार्यक्रमलाई परिषदले यस वर्ष पनि निरन्तरता दिएकाे हाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ३ काे प्राङ्गणमा भएकाे कार्यक्रममा २८ जनाले रत्तदान गरेका थिए ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे अौपचारिक कार्यक्रममा २८ प्रन्ट रगत संकलन भएकाे वार्ड नं. ३ का अध्यक्ष तथा नेपाल महताे समाज कल्याण परिषदका केन्द्रीय अध्यक्ष मखना महताेले जानकारी दिएका छन् ।
हरेक वर्षकाे शुभदिपावली र छठकाे अवसर पारेर अायाेजना गर्दै आएकाे रत्तदान कार्यक्रम यस वर्ष काेराेना भाईरसकाे महामारी कारण ढिलै भए पनि रत्तदान कार्यक्रम गरिएकाे परिषदका सचिव कृष्ण महताेले बताए । रत्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै संस्थाले हरेक वर्ष रत्तदान कार्यक्रम गर्दै आएकाे छ । काेराेना भाईरसकाे महामारी कारण देशभर रगतकाे अभाव भईरहेकाे बेला थाेरै भएपनि महताे समाजद्वारा गरिएकाे रगत संकलन कार्यले ठुलाे सहयाेग पुग्ने छ । रगत संकलन कार्यमा धरान स्थित नेपाल रेडक्रस साेसाईटी सुनसरीले प्राविधिक सहयाेग गरेकाे थियाे ।
महताे समाज कल्याण परिषदका अध्यक्ष मखना महताेले रत्तदान गरेका व्यत्तिहरूलाई धन्यवाद दिदै उनीहरूलाई संस्थाकाे तर्फबाट प्रमाणपत्रसमेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस