पुर्वाग्रही ढंगले पदमुत्त गरिएकाे रासविस माेरङ् अध्यक्ष राजवंशीकाे दावी

December 6, 2020 मा प्रकाशित

 

Advertisement

बिर्तामोड २१, मंसिर / सामाजिक संजालमार्फत टिकाटिप्पणी गरेको निहुँमा पदमुक्त गरिएका राजवंशी समाज विकास समिति मोरङका जिल्ला अध्यक्ष मनोज राजवंशीले केन्द्रीय समितिको निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले आज एक प्रेस विज्ञप्ति जारी सामाजिक संजालमा आक्रोश पोख्दैमा पदमुक्त गरिनुलाई पूर्वाग्राही र सुनियोजित ढंगले गरिएको निर्णय बताएका छन् । स्पष्टीकरणको पत्र आफूलाई आधिकारिक रुपमा प्राप्त नभएको र त्यसबारे जिल्लाको कार्य समतिले पनि जानकारी नदिएको दावी गरेका छन् ।
रासविसका झापा अध्यक्ष पुकारचन्द्र सिंह राजवंशी र आफूले संस्थाको हित विपरित कार्य नगरी संसथाभित्रको गलत प्रवृतिको अन्त्यको निम्ति सुझाव मात्र दिएको मनोजले उल्लेख गरेका छन् । साथै उनले सहज र सरल रुपमा वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न आफ्नो जाति समुदायलाई आव्हान गरेका छन् । २०७६ पौष महिनाको ४ , ५ र ६ गते राजवंशी समाज विकास समितिको स्थापना दिवस मनाउने क्रममा ती दुवैले केन्द्रीय कार्य समिति र केन्द्रीय अध्यक्ष भीमराज चौधरी राजवंशीविरुद्ध सामाजिक संजालमार्फत टिकाटिप्पणी गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस