gauradha suchana

 

मानव अधिकारको शिक्षा शहर बजारमा भन्दा पनि गाउँ बस्ती पुराउनु पर्नेमा जाेड

दमक २६,  ,मंसिर /
मानव अधिकारको शिक्षा शहर बजारमा भन्दा पनि गाउँ बस्ती पुराउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड्दिएका छन् ।
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाले हिजो साँझ झापाको माइधारमा आयोजित ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस कार्यक्रमका सहभागीहरुले मानव अधिकार शिक्षा टोल बस्तीका बासिन्दा सम्म पुराउनु पर्ने बताएका हुन् ।
शिवसताक्षी १० स्थित माईधारको मेची इङलीस बोडिङ्ग स्कूलमा प्रतिष्ठान झापाले आयोजना गरेको कार्यक्रमका सहभागी सोही वाडको वडा सदस्य कमला रसाइलीले मानव अधिकारको बिषयमा हामी जनप्रतिनिधिले प्रष्ट रुपमा बुझन सकिएको छैन । वडाबासी र टोलबासीलाई कसरी बुझाउने वडा सदस्य रसाइलीले प्रश्न गर्दै यस्ता कार्यक्रम शहरमा भन्दा पनि गाउँ बस्तीमा गर्नु सुझाव दिनु भयो ।
शिव सताक्षीका वडा सदस्य मन्दिरा पाठकले महिला अधिकार , वाल अधिकार ,श्रमको अधिकार भनिए पनि यी अधिकार कसरी खोज्ने भन्ने बिषयमा गाउँ बस्तीका मान्छेलाई थाहा नभएको गुनासो गर्दै गाउँ –गाउँमा मानव अधिकारको सन्देश दिन आग्रह गर्नु भयो । प्रतिष्ठानका अध्यक्ष डा. नविन चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा माइबेनी महिला कृषि सहकारी संस्था माइधारको अध्यक्ष रेहिता भटराईले टोल –टोलमा मानव अधिकार शिक्षा पुराउन अनुरोध गर्नु भयो ।
शिव सताक्षी नगरपालिका झापाका लेखा अधिकृत प्रकाश योङहाङले मानिसले जन्मीएपछि बाच्न पाउने अधिकार लगायतका जन्मसिद्ध अधिकारलाई उचित रुपमा प्रयोग गर्नु पर्ने बताउनु भयो ।
मेची इङलीस बोडिङ्ग स्कूल माइधारको प्रिन्पिसल भीम प्रसाद भटराई , शिवसताक्षी १० नम्वर वडमा वडा सदस्य भाष्कर सिटौला, झलेन्द्र कोइराला लगायतले प्राथमिक तहबाट नै पाठ्य क्रममा समावेश गरेर मानव अधिकार शिक्षा दिनु पर्नेमा धारण राख्नु भएको थियो । कार्यक्रममा उठेका जिज्ञासाको जवाफ दिदै अध्यक्ष डा.चापागाईले आफुले अधिकार प्रयोग गर्दा अर्को हनन हुन नदिन सजक हुनु पर्ने बताउनु भयो ।
भविष्यमा स्थानिय सरकार ,संघ संस्थासंग सहकार्य गरेर गाउँ बस्तीमा मानव अधिकार शिक्षा सम्वन्धिप्रशिक्षण दिने उहाँले बताउनु भयो । मंसिर २५ गते साँझ माइधारमा ७२ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा दिपप्रज्वलन समेत गरेको प्रतिष्ठानका कार्यसमिति सदस्य पदम कुवँरले जानकारी दिनु भयो ।


यो पनि पढौँ

ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख साह धराैटीमा रिहा

रतुवामाईका दुई जना युवक ब्राउनसुगरसहित पक्राउ

गाैरीगंज र गाैरादहमा कांग्रेसकाे असंवैधानिक कदमविरूद्व जुलुससहित विराेध प्रदर्शन (फाेटाेसहित)

बस्नेत दम्पतीले नारी सञ्चार गृहलाई २१ हजार सहयाेग प्रदान

ट्याक्टरमा मुरै(भुजा)काे बाेराले छाेपेर गाैरीगंजबाट गाैरादहतर्फ लादै गरेकाे ५० बाेरा चिनी प्रहरीकाे नियन्त्रणमा

गाैरीगंजमा पहिलाे पटक आँखा अस्पताल सञ्चालनमा, सेवाग्राहीकाे घुँईचाे