दुई बर्षिया क्यान्सर पिडित बालिकाकाे परिवारलाई संकलित रकम हस्तान्तरण

December 18, 2020 मा प्रकाशित

 

Advertisement


गाैरीगंज ३,पुस / गाैरीगंज -६ कि क्यान्सर पीडित २ बर्षिया बालिका आराेहि सुवेदीकाे परिवारलाई सहयाेेेग स्वरूप संकलित रकम हस्तान्तरण गरिएकाे छ ।

आज एक कार्यक्रमकाे आयाेजना गरि खजुरगाछी- गौरीगंज समाजसेवी युवा संघद्वारा संकलित ५८ हजार २ सय ७० रूपैयाँ पिडित बालिकाका बुबा सन्ताेष सुवेदीलाई हस्तान्तरण गरिएकाे हाे ।

खजुरगाछी- गौरीगंज समाजसेवी युवा संघका अध्यक्ष रोशन यादबको सभापतित्वमा भएकाे कार्यक्रममा स्थानिय व्यवसायी सानुराजा श्रेष्ठले रकम हस्तान्तरण गरेका थिए ।
संघले पिडित बालिकाको उपचारका लागि सहयोग रकम संकलन गर्न केहि दिन देखि आरोही बचाउ अभियान नै चलाएको थियो ।

बालिकाको हाल काठमाण्डौ स्थित एक अस्पतालमा उपचार भइरहेको र उनको उपचारका लागि करिब १५ लाख रुपैंया खर्च हुने परिवारले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस