गाैरादह- ४ मझुवामा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

December 30, 2020 मा प्रकाशित

 

Advertisement


गाैरादह १५, पुस / गाैरादह नगरपालिका वार्ड नं. ४ मझुवामा आधारभुत स्वास्थ्य चाैकी भवनकाे आज शिलान्यास भएकाे छ ।
गाैरादह नगरपालिकाका नगर प्रमुख राेहित कुमार साहले उत्त अाधारभुत स्वास्थ्य चाैकी भवनकाे शिलान्यास गरेका हुन् ।

संघिय सरकारकाे ४४ लाख ४८ हजार रूपैयाँकाे लागतमा निर्माण हुने उत्त भवन निर्माणका लागि स्थानिय समाजसेवी धन बहादुर प्रसाईले ३ कठ्ठा जग्गा निशुल्कमा दान दिएका छन् ।


ग्रामीण भेगका मानिसहरूमा स्वास्थ सेवा पहुँच हाेस भन्ने उदेश्यले स्थापना गरिएकाे स्वास्थ चाैकीले समृद्व नगर निर्माणमा सहयाेग पुर्याउने नगर प्रमुख साहले बताए । स्वास्थ चाैकीले वार्डवासीलाई मात्रै नभई त्यसका छेउछाउका वार्डमा बसाेवास गर्नु हुने सम्पूर्ण नगरवासीहरूले स्वास्थ्य लाभ लिन सक्ने उनले बताए ।
शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र भट्टराई, वार्ड नं. ४ का वडा अध्यक्ष मणिन्द्र कार्कि, नगरपालिकाका ईन्जिनियर गाेपाल भण्डारीलगायत वार्ड कार्यालयका जनप्रतिनिधि तथा स्थानियहरूकाे उपस्थिति थियाे ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस