‘संसद पुनर्स्थापना भएन भने देशभर आन्दाेलन हुन्छ’ – कांग्रेस नेता प्रसाईं

January 9, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज २५, पुस / संसद विघटनको विरोधमा नेपाली कांग्रेसले गाैरीगंजमा विराेध सभा गरेकाे छ ।
नेपाली कांग्रेस झापा क्षेत्र नं ५ प्रदेश ‘क’ क्षेत्रिय समितिले संसद विघटनलाई असंवैधानिक भन्दै अाज गाैरीगंज चाैकमा बिरुवामा पानी हालेर विराेध सभा गरेकाे हाे ।
विराेध सभाका प्रमुख अतिथि तथा नेपाली कांग्रेस महासमिति सदस्य अनिल कृष्ण प्रसाईले संसद पुनर्स्थापना भएन भने नेपाली कांग्रेसकाे अगुवाईमा देशभर अान्दाेलन हुने बताएका छन् ।

केपी अाेलीकाे सरकारले गरेकाे संसद विघटन असंवैधानिक भएकाे भन्दै प्रमुख अतिथि प्रसाईले राजालाई फाल्न सक्ने नेपाली कांग्रेस पार्टी भएकाे र हजाराै लाखाैं कार्यकर्तालाई सडकमा उतारेर भएपनि निरकुंशता फाल्ने बताए । उनले भने – ‘ न्यायकाे नियम र संसदकाे व्यवस्था अनुसार कुनै पनि न्यायाधीशले बहस गर्नु पर्याे भने सुवास चन्द्र नेम्वाङ जस्ताे मुख चवाएर वहस गर्ने हाेईन याे देशलाई न्यायकाे हिसाबले दिनु पर्याे । न्यायलयले अब संविधानसभाकाे पुनर्स्थापना गर्छ । यसकाे अब विकल्प छैन । कानुनविद्हरूले भनिसकेका छन् । ‘
मध्यावधि निर्वाचन गर्नु पर्याे भने देशलाई ४०/५० अर्बकाे घाटा सहनु पर्ने भन्दै उनले मध्यावधि निर्वाचन हुन सक्दैन यसकाे विराेधमा हामी रहेकाे बताए । झापा क्षेत्र नं. ५ का प्रत्यासी उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारीले कम्युनिस्ट सरकारले आजसम्म झुटकाे खेती गर्दै आएकाे भन्दै भ्रष्टाचार काे दलदलमा फसेकाे अाराेप लगाए । उनले भने – बुढी गण्डकीमा ४ अर्ब, फाेरजीमा १२अर्ब भ्रष्टाचार गरे, सेकुरिटी प्रेसमा ७० कराेड भ्रष्टाचार गर्याे, वाईडबढीमा ६ अर्ब भ्रष्टाचार गर्याे, बालुवाटारकाे जग्गा बेचेर खाए यसप्रकारकाे भ्रष्टाचारकाे काण्डै काण्ड मचाएकाे सरकारले जनताकाे हितमा हुने काम नगरेकाे बताए । संविधानले परिकल्पना गरेकाे राजनीति स्थायित्वलाई लत्याएर केपी अाेलीले विश्वासमा लिएर भाेट लिए, जनतालाई झुक्याएर बहुमतकाे सरकार बनाए तर यिनले देश र जनतालाई ध्वंस नै गरेर छाडेकाे कार्यक्रमका विशिष्ट अतिथिसमेत रहेका डा. अधिकारीले बताए ।
कार्यक्रममा बाेल्ने अधिकांस वत्ताहरूले केपी अाेली सरकारले चालेकाे  संसदकाे विघटन विरूद्वमा बाेलेका थिए । कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्यहरू घनश्याम रिजाल, राेहितकुमार साह, देवीप्रसाद राजवंशी, रामकुमारी पाैडेल, नगरसभापति यादवराज सेढाई, क्षेत्रिय सभापति ढुंडीराज भण्डारी, दिपिन्द्र थापालगायतले बाेलेका थिए । कार्यक्रमकाे स्वागत नेपाली कांग्रेस पुर्व जिल्ला सदस्य तथा गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का अध्यक्ष मखना महताेले गरेका थिए भने सञ्चालन क्षेत्रिय सचिव सुर्यभत्त सिटाैलाले गरेका थिए । 

झापा निर्वाचन क्षेत्र नं. ५ प्रदेश ‘क’सहित कांग्रेसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस