gauradha suchana

 

 

आहा ! मेेराेे भान्सा

रूपा राजवंशी /

मेरो भान्सा उदास छ , उजाड छ । भान्सा घरका सबै टाटीहरु भत्किसके । नलिपेको नपोतेको निकै भयो । गड्यौला र मुसाले माटो उक्काएर हेर्नै नहुने बनाइसके । ती माटाका टाटी दुलो परिसक्यो । दुई वर्ष नछाउँदा छानो पनि चुहिन थालिसक्यो । माटोको चुल्हो सबै भत्किसके ।अब त त्यो भान्सामा चियाउन पनि मन लाग्न छोड्यो ।


आहा ! कति राम्रो भान्सा भनेर मेरो तारिफ गरेको मलाई संझना छ । सनक्क लिपपोत गरेको चिटिक्क परेको मेरो भान्सा सबैको नजरमा परेको थियो । सफा अनि चिटिक्क भान्सा र भान्सामा पाक्ने मीठो परिकारले सबैलाई लोभ्याउँथ्यो । भन्ने गर्थे– यो तपाईहरुको सभ्यता हो कला हो, यसलाई छोड्नु हुन्न है ! म त्यस्ता कुरामा मख्ख पर्थे ।मानौं, म भरिपूर्ण छु , सम्पूर्ण छु । सोच्थे– मलाई कुनै दुख छैन , हुने पनि छैन । गरिखाएकै छु पछिसम्म यसरी नै गरिखाने छु ।
भान्सामा दिनहुँ नयाँ–नयाँ र फरक–फरक प्रकारका परिकार पाक्ने गथ्र्यो । खानेहरुले भन्ने गर्थे तपाईको हातमा जादु छ कि चमत्कार ? ओहो केको जादु , मन लगाएर पकाए त्यसै मीठो भइहाल्छ नि ! पकाउने तरिका जान्नु पर्यो । अलिक चहकिलो बनाउन सक्नु पर्यो स्वादिष्ट बनिहाल्छ नि ।
यो जाडोको मौसममा भक्का (भाका), पीठ (बगिया) पाक्ने गथ्र्यो भान्सामा । राति नै चामलको पिठो ओखलीमा कुटेर विहानै तात–तातो भक्का खानेहरु कम्ती रमाउँदैनथे । अघिल्लो राति पकाएको बुवाली माछाको बासी तरकारी जुन जमिसकेको हुन्थ्यो , त्यससँग भक्का चोब्दै खानेहरु रमाएको देख्दा मलाई पनि औधी खुशी लाग्थ्यो । लाग्थ्यो यसरी नै सधैभरि खुवाइरहन पाऊँ अनि खाइरहन पाऊँ ।
त्यो पेल्का साग कहिले पाक्छ भनेर सोधिरहन्थे । पेल्कासँग माछा खाएको स्वाद पाएर होला पेल्काको कुरा गरिरहन्थे । कतिले त यो पेल्का कसरी पकाइन्छ भनेर सिक्न पनि आए । मैले सिकाइदिएँ जाने कि जानेनन् थाहा भएन । शुरु–शुरुमा पेल्का खान नआएर निकै हाँसो भएको थियो । चिप्लो पेल्का समाएर खानै नआएको । हात मुखमा पुर्याउँदा पेल्का अघि चिप्लेर भुइमा पोखिसकेको हुन्थ्यो ।

सबैको प्यारो बनेको, सबैको छहारी रहेको त्यही भान्सा अहिले रोइरहेको छ । न खाने छन् न खुवाउने । पकाएर दिने खानेकुरा केही पनि नभएपछि आउनै छोडिसके । सबै रित्तिसक्यो , सबै सकिसक्यो । म आफै भोको छु । पकाएर खाने अन्न छैन । दिनेवाला पनि कोही छैनन् । हिजो भरिभराउ थियो , आज खालीखाली भएको छ ।

अहिले बजारमा मिलको मुरै पाइन्छ । उतिबेला त घरको मात्र मुरै हुन्थ्यो ।कहिले नदेखेको त्यो घरमा भुटेको मुरैको स्वाद लिन कति आउँथे कति । मुरैसँग चनाको परिकार वाह ! घुम्नीमुरी अर्थात गाजीमुन्ढी । त्यसको स्वाद पाएर अहिले घुम्नीमुरी सबैको फेबराइट बनिसकेको छ ।त्योबाहेक बैगनको भार्ता ,सिदल (सिद्रा),कच्चुको तरकारी ,आलुको भाजीजस्ता परिकार सबैको रोजाइमा पथ्र्यो । ती भेराइटिज मेरो भान्सामा पाक्ने बेलामा बोलाउने गर्थे । मलाई पकाउन कुनै समस्या थिएन । सबै घरमै थियो । न धानचामलको दुख न तरकारीको । १० विगाह खेतको धानमध्ये सय मनजति घरमै राखिन्थ्यो । बीस मनजति त मुरै चिउरा नै कुटाउने गरिन्थ्यो । अनि त्यत्रो करेसाबारी । बारीमा नफलेको तरकारी हुँदैनथ्यो । कुनै समस्या थिएन । आफू पनि खाने अनि अरुलाई पनि खुवाउने क्या मज्जा ! त्यसो त अतिथि सत्कार गर्ने मेरो संस्कार नै हो । अतिथिलाई मेजमानी गराउन पाउँदा म आफूलाई धन्य ठान्थे ।

‘हिजो मेरो भान्सा घर सबैभन्दा राम्रो थियो । अहिले अरुका भान्सा राम्रा भएका छन् । मेरो सुत्ने कोठाभन्दा राम्रा मार्बलै मार्बलका भान्सा बनाएका छन् । मेरो भान्सामा सधै रमाउनेहरु आफ्नो राम्रो भान्सा हेर्नसमेत बोलाएका छैनन् । एकछाक खुवाउन त परको कुरा । म सोच्छु– सायद उनीहरुको भान्सामा कति मीठोमीठो परिकारहरु पाकिरहेका होलान् । पकाउने भाडाकुडा अनि खाने थालबटुका पनि कति राम्रा होलान् । खाने र खुवाउने संस्कार नै अलग होला । हाम्रोजस्तो पक्कै पनि माटोमा बसेर खादैनन् होला । एकपटक हेर्न मन छ । तर, कसैले बोलाएका छैनन् । हेर्न जान पनि डर लाग्छ । मजस्तो झुत्रीलाई हप्काए भने , जान दिएनन् भने किन अपमान सहनु । होस् मेरो भान्सा नै ठीक छ । आखिर मेरो भान्सा मेरै हो मेरो दुख मेरै हो ।’

त्यही भान्साको अग्लो धापमा धोक्रा ओछ्याएर पाहुनाहरुले लहरै पलेटी कसेर खाएको आनन्द लाग्थ्यो । दालभात तरकारीदेखि माछामासुसम्मको मेजमानी चल्थ्यो । मेजमानी गराउन पाउँदा घरका अरु मानिस पनि दंग पर्थे ।
सबैको प्यारो बनेको, सबैको छहारी रहेको त्यही भान्सा अहिले रोइरहेको छ । न खाने छन् न खुवाउने । पकाएर दिने खानेकुरा केही पनि नभएपछि आउनै छोडिसके । सबै रित्तिसक्यो , सबै सकिसक्यो । म आफै भोको छु । पकाएर खाने अन्न छैन । दिनेवाला पनि कोही छैनन् । हिजो भरिभराउ थियो , आज खालीखाली भएको छ । यी खुवाउने हात कमजोर बनिसक्यो । जोशजाँगर सबै मरिसक्यो अनि चाउरी परेका मेरा हातले काम गर्नै छोडिसक्यो ।

हिजो मेरो भान्सा घर सबैभन्दा राम्रो थियो । अहिले अरुका भान्सा राम्रा भएका छन् । मेरो सुत्ने कोठाभन्दा राम्रा मार्बलै मार्बलका भान्सा बनाएका छन् । मेरो भान्सामा सधै रमाउनेहरु आफ्नो राम्रो भान्सा हेर्नसमेत बोलाएका छैनन् । एकछाक खुवाउन त परको कुरा । म सोच्छु– सायद उनीहरुको भान्सामा कति मीठोमीठो परिकारहरु पाकिरहेका होलान् । पकाउने भाडाकुडा अनि खाने थालबटुका पनि कति राम्रा होलान् । खाने र खुवाउने संस्कार नै अलग होला । हाम्रोजस्तो पक्कै पनि माटोमा बसेर खादैनन् होला । एकपटक हेर्न मन छ । तर, कसैले बोलाएका छैनन् । हेर्न जान पनि डर लाग्छ । मजस्तो झुत्रीलाई हप्काए भने , जान दिएनन् भने किन अपमान सहनु । होस् मेरो भान्सा नै ठीक छ । आखिर मेरो भान्सा मेरै हो मेरो दुख मेरै हो । 

 


यो पनि पढौँ

प्रधानमन्त्री केपी ओली आईतबार झापा आउँदै

हाजिर पुस्तिकासहित गाैरादह नगरपालिका कार्यालय अगाडि शिक्षकहरू धर्ना, विद्यालयकाे पठनपाठन ठप्प

राजवंशी समाज विकास समिति झापाले महावीर चिलारायकाे जन्माेत्सव भव्यरूपमा मनाउने

नेपाल शिक्षक संघ गाैरीगंजकाे प्रतिनिधि सभा सम्पन्न, दुई जना सेवानिवृत शिक्षकलाई सम्मान

सर्वाेच्च अदालतले संसद विघटन विरूद्व गरेकाे निर्णयकाेे खुशीयालीमा गाैरीगंजमा दिपप्रज्वलन

निशानको म्याग्नाइट बिर्तामोडमा सार्वजनिक