प्रदेश १ मा कांग्रेस संसदीय दलको बैठक निष्कर्षविहीन

January 19, 2021 मा प्रकाशित

Advertisement

विराटनगर ६, माघ /  प्रदेश १ मा प्रमुख विपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रदेश १ मा प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । र, यो अधिवेशनमा मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव समूहले पेश गरेको अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनेछ ।

मुख्यमन्त्री राईलाई पदमा रहिरहन र प्रचण्ड–माधव समूहलाई अविश्वासको प्रस्ताव पास गर्न पनि कांग्रेसको समर्थन चाहिन्छ । तर कांग्रेसले यसबारे केही निर्णय गरेको छैन ।

मंगलबार बसेको संसदीय दलको बैठकमा प्रदेश सरकारको भूमिकाबारे छलफल भएपनि कुनै निर्णय भएन । भोलि बुधबार विहान फेरि बैठक बस्ने संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस