गाैरीगंजकाे आठौं गाउँसभाबाट २१ वटा याेजना थप, ६ महिनामा २५ प्रतिशत मात्र गाउँपालिकाकाे कार्य प्रगति

January 20, 2021 मा प्रकाशित

Advertisement

गाैरीगंज ७, माघ/ गाैरीगंज गाउँपालिकाकाे आठाैँ गाउँसभाकाे खुल्ला सत्र सम्पन्न भएकाे छ ।
गाउँपालिकाका सभाहलमा आज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
खुला सत्रमा गाउँपालपकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गाैरीगंज गाउँपालिका विकास निर्माण कार्यमा फड्काे मारेकाे बताएका थिए । गाैरीगंज गाउँवासीलाई जन्मदेखि मृत्युसम्म राहत सहयाेगकाे व्यवस्था गरेकाे भन्दै अध्यक्ष श्रेष्ठले १ देखि ६ सम्मकै वडालाई जनसंख्या र भुगाेलकाे आधारमा सिलिङ्ग वजेट विनियाेजन गरेकाे बताए । सबै क्षेत्रलाई समानुपातिक ढंगले बजेट प्रक्षेपण गरेकाे र आठाैंगाउँसभामा २१ वटा थप याेजना तथा कार्यक्रमहरू समावेश गरिएकाे जानकारी गराए । अाज सम्पन्न भएकाे आठाै गाउँसभाबाट थप २१ वटा याेजना तथा कार्यक्रमहरूकाे करिब ६४ लाख ७५ हजार रूपैयाँकाे बजेट थप हुने भएकाे हाे ।

थप  भएका याेजना तथा कार्यक्रमहरू


गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेका थिए । गाउँपालिकाले एकल अधिकार अन्तर्गत निर्माण गर्न हुने सबै ऐन, कानुन, कार्यविधि र नियमावली बनिसकेको र साझेदारीमा संघ र प्रदेशसंगकाे समन्वयकोमा निर्माण गर्ने कानुनहरू मात्र रहेकाे उपाध्यक्ष थापाले बताएका थिए ।

अार्थिक वर्ष २०७७/७८ काे करिब ६ महिनामा ३सय ७९ वटा याेजना तथा कार्यक्रमहरू मध्ये २ सय ९९ वटा याेजना तथा कार्यक्रमहरू अघि बढ्न सकेका छैनन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु दाहालले पुजीगततर्फकाे ३१ कराेड ३२ लाख रूपैयाँकाे ३ सय ७९ वटा याेजना तथा कार्यक्रममा २५ प्रतिशतमात्र गाउँपालिकाकाे ६ महिनाकाे कार्य सम्पादन भएकाे संक्षिप्त प्रगति विवरण सुनाए ।
उनले गाउँपालिकाकाे जम्मा ३७९ याेजना तथा कार्यक्रम मध्ये २९९ वटा याेजना अगाडि बढ्न नसकेकाे, २५ वटा याेजनामात्र सम्झाैता भएकाे, ६५ वटा याेजनाकाे रकम भुत्तानी भएकाे, ६ वटा याेजनाकाे मुल्यांकनकाे अाधारमा भुत्तानी दिएकाे, २ वटा याेजनाकाे पेश्की दिएकाे जानकारी गराए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले गाउँपालिकाले सबै वडाहरूलाई समानुपातिकरूपमा वजेट विनियाेजन नगरेकाे अाराेप लगाउदै वार्ड नं. १ काे बजारहरूकाे डिपीआर शहरी विकास कार्यक्रम अन्तर्गत नपरेकाे गुनासाे गरेका थिए । गाैरीगंज गाउँपालिकाकाे समग्र विकासलाई तीन प्रकारले व्याख्या गर्दै वडा अध्यक्ष राजवंशीले गाैरीगंजकाे विकासकाे माेडललाई अध्यात्मिक ढंगले चर्चा गरेका थिए ।
त्यसैगरी गाउँसभाकाे दुल्ला सत्रमा वार्ड नं. २ का वडा अध्यक्ष अघ्नु प्रसाद राजवंशीले याेजना संशाेधन र थप वजेटकाे अाठाै अधिवेशन भएकाे टिप्पणी गर्दै कार्यपालिकाकाे वैठकमा निर्णय भएकाे कतिपय विषयहरू कार्यान्वयन नभएकाे दुःखेसाे पाेखे ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मखना महताेले आठाै गाउँसभालाई सम्बाेधन गर्दै कर्मचारी र जनप्रतिनिधिकाे नङ्ग र मासुकाे सम्बन्ध भएकाे बताउँदै कर्मचारी र जनप्रतिनिधि मिलेर गाउँपालिकाकाे विकासमा लाग्नु पर्ने सुझाव दिए । वजेट रकमान्तर र अधुराे अपुराे रहेका याेजनाहरूकाे कार्यन्वय गर्न आठाैंं गाउँसभा महत्त्वपूर्ण भएकाे हुदाँ सबैले सहयाेग गर्नु पर्ने वडा अध्यक्ष महताेले बताएका थिए ।
वडा नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीले गाउँपालिकाले वजेट विनियाेजनमा वार्ड नं. ४ लाई कञ्जुस्याई गरेकाे भन्दै सबै वडाका बजारहरूलाई समानुपातिकरूपमा वजेट विनियाेजन गर्नु पर्ने बताएका थिए । वडा नं. ५ वडा अध्यक्ष विजय प्रसाद सिंह गन्गाईले हरेक वर्ष वार्ड नं. ५ लाई कम बजेट परेकाे भन्दै गुनासाे पाेखेका थिए । वार्ड नं. ५ मा कम वजेट परेपनि वार्डकाे विकासमा आफु सहकार्य गरेर अघि बढेकाे भन्दै वडा अध्यक्ष सिंहले वडामा एनसेल र एनटिसीकाे टावरकाे अावश्यकता रहेकाे बताएका थिए । गाउँसभाकाे खुल्ला सत्रमा कर्मचारीकाे तर्फबाट अधिकृत विरेन्द्र खड्काले कार्यालयहरूमा सुशासन कायम राख्न मानव संशाधनकाे व्यवस्थापनमा जाेड दिनु पर्ने बताएका थिए ।खुल्ला सत्रमा कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य उदिमकुमार राईलगायतले बाेलेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस

आफ्नो प्रतिक्रिया दिनुहोस!
आफ्नो पुरा नाम लेख्नुहोस